RUMPUM
animated ellipse animated ellipse

अपडेट- म्याजिक चप्पलमा लागेको आगो १० घण्टापछि नियन्त्रण,क्षतिको विवरण आउन बाँकी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ चैत्र २०७३, शुक्रबार १४:३९
3
Shares
विराटनगर, ४ चैत । मोरङको टंकिसिनुवारी स्थित म्याजिक चप्पल कारखानामा आज विहान लागेको भीषण आगलागी १० घण्टा पछि नियन्त्रणमा आएको छ ।
शुक्रबार बिहान ४ बजेतिर लागेको आगो नियन्त्रणमा आएपनि आगोको धुवाँ भने पुर्णरुपमा निभिनसकेको मोरङ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मि भण्डारीले जानकारी दिए । निकै ठुलो आगो लागेको हुनाले आगो निभाउन विराटनगर, राजविराज, सुनसरीको इटहरी, इनरुवा, दमकल र धरानबाट गरी १० ओटा दमकलको सहयोगले आगो नियन्त्रणमा आएको हो । त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी , नेपाली सेना र स्थानीयवासीसमेत आगो निभाउन खटिएका थिए ।
बिजुली सर्ट भएर आगलागी भएको होकी भन्ने अनुमान भएपनि आगलागी के कती कारण भएको खुल्न सकेको नसकेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक भण्डारीले बताए । आगलागीबाट करोडौं रुपैयाँ बराबरको क्षति भए पनि एकिन रिपोर्ट नआईसकेको निरीक्षक भण्डारीले जानकारी दिए ।
पछिल्लो समय नेपाली स्वदेशी उत्पादन म्याजिक चप्पल निकै लोकप्रिय बनेको छ । यसले आफ्नो बजार निकै राम्रो विस्तार पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर