RUMPUM
animated ellipse animated ellipse

अनोज आत्महत्या प्रकरण, विराट अस्पताललाई कारवाही गर्न माग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ कार्तिक २०७३, शुक्रबार १९:५५
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/ स्वास्थ्य मन्त्री गगन थापा पैसा नभएकै आधारमा कुनै विरामीको मृत्यु हुन नदिने भन्दै सार्वजनिक अभिव्यक्ती दिएको महिना दिन पुग्न नपाउदै विराटनगरमा विराट अस्पतालमा एक युवकले आत्मा हत्या गरेका छन् ।

विराट अस्पताल प्रालिमा उपचारार्थ सुनसरीका अनोज विश्वासले अस्पताललाई तिर्नु पर्ने बिल देखेपछि अस्पतालको तीन तल्लाबाट हाम्फालेर आत्महत्या गरेका थिए ।

बिहिवार १२ दिनपछि उनलाई अस्पतालले डिस्चार्ज दिएको थियो । छोराको डिसचार्जकालागि बुबा पैसाको जोहो गर्न जुटेका बेला आर्थिक अवस्था कमजोर भएका विश्वासले आत्महत्या गरेका थिए । विश्वासको आत्माहत्या पछि निजका आफन्त र अस्पताल प्रशासन बिच तनाव सिर्जना भएको छ ।

डिस्चार्ज गरिएका अनोजको उपचारमा ३ लाख भन्दा बढी रकम तिर्नुपर्ने भएपछि आर्थिक अवस्था कमजोर रहेका अनोजले अस्पतालबाट हामफालेर आत्महत्या गरेका थिए । अस्पताल प्रशासन र मृतक अनोजका आफन्तबिच आज वार्ता भएको थियो । तर अस्पताल प्रशासनले कुनै प्रतिक्रिया नदिएको मृतकका फुपाजु रामचन्द्र चौधरीले बताए ।

उनले अस्पतालले डिस्चार्ज पेपर पनि नदिएको भन्दै अस्पतालको लापर्वाहीका कारण मृत्यु भएको दाबी गरेका छन् । उनले अन्य व्यक्तिले पनि यसरी अस्पतालमा उपचार गराउन आउँदा मृत्युवरण गर्नुनपरोस् भन्दै लापर्वाही गर्ने अस्पताललाई कार्वाही गर्न माग गरेका हुन् ।

अस्पतालले आफ्ना मागहरुलाई सुनुवाई नगरे आन्दोलनमा उत्रने चेतावनी मृतकका आफन्तहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर