RUMPUM
animated ellipse animated ellipse

अदालतको फैसलाले संसदको गतिरोध अन्त्य हुन्छ- महतो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ पुष २०७३, मंगलवार १७:३६
3
Shares
१९ पुस, विराटनगर /सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनका विषयमा अदालतले गरेको फैसलाले संसदको गतिरोध अन्त्य गर्न मद्दत पुुगेको बताएका छन् ।
विराटनगरमा आज सद्भावना पार्टीको जिल्ला कार्यसमितिको कार्यालय उद्घाटन समारोहमा अध्यक्ष महत्तोले संविधान संशोधनका लागि अदालतले बाटो खुुल्ला गरेकाले एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गरे ।
अदालतको निर्णयलाई सबैले स्वीकर गर्नुुपर्ने भन्दै अध्यक्ष महतोले संसदीय मान्यताविपरीत कार्य नगर्न एमालेलाई आग्रह रेका छन् । संविधानलाई सर्वस्वीकार्य बनाउन संशोधन आवश्यक रहेको उनको भनाइ थियो । राजनीतिक समस्याको समाधान गर्ने थलो संसद भएकाले संसद अवरोध गरेर मुुलुुकलाई बन्धक बनाउने काम कसैले गर्न नहुुने उनले बताए ।

अध्यक्ष महतोले संविधान संशोधन गरेर निर्वाचनको वातावरण तयार गर्न सरकार लाग्नुुपर्नेमा जोड दिए । उनले संघीयताको विरोध गरेर केही दलले मुुलुुकलाई विखण्डनतर्फ धकेल्न खोजेको आरोपसमेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर