सेञ्चुरी मसलामा लागेको आगो १२ घण्टपछि नियन्त्रण(ताजा अपडेट)

खबर पुर्वान्चल, २६ कार्तिक २०७३, शुक्रबार
फाइल तस्वीर

पुष्पराज थपलिया
विराटनगर, २६ कार्तिक /  मोरङको टंकिसिनवारी – २ मा रहेको उद्योगी मोती दुगडको दुगड स्पाइसेस एण्ड फुट प्रोडक्ट प्रा.लि.को सेञ्चुरी मसला उद्योगमा लागेको आगो १२ घण्टापछि नियन्त्रणमा आएको छ ।

 बिहीबार साँझ साढे ६ बजे देखि सेञ्चुरी मसला प्याकिङ उद्योगमा लागेको आगो आज शुक्रबार विहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिए ।

सुनसरी, मोरङ र झापाको एक दर्जन दमकलको साथै सुरक्षाकर्मी र स्थानियबासीको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

विद्युतको तार सट भएर आगलागिबाट के कति क्षति भएको विवरण आहिलेसम्म नआएको डिएसपी थापाले बताए । आगजनीबाट ठूलो आर्थिक नोक्सानी भएको अनुमान गरिएको छ ।

सो उद्योगमा सेन्चुरी मसला,कुरमुरे तथा काटुन फ्याक्ट्री संचालनमा रहेको थियो । उक्त फ्याक्ट्रीमा राखिएका तयारी सामान, कच्चा पदार्थ, र औजार समेत जलेर नष्ट भएको प्रहरीले अनुमान गरेको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.