सुत्केरी तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा

खबर पुर्वान्चल, २९ पुष २०७४, शनिबार

विराटनगर, २९ पुस/ विराटनगरस्थित नारी विकास संघले शीतलहरबाट प्रभावित विराटनगर–१९ का सुत्केरी तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा सहयोग गरेको छ ।

आज एक औपचारिक कार्यक्रमबीच संघकी अध्यक्ष सीता शर्माले शीतलहर प्रभावित ४३ जना सुत्केरी तथा ७० वर्ष उमेरमाथिका ७० जना वृद्धवृद्धासमेत जम्मा एकसय दश जनालाई दुई थानका दरले कम्बल हस्तारण गरिन् ।

एक्सन एड र नारी विकास संघले संयुक्त रुपमा शीतलहर पीडितलाई सहयोग गरेको संघकी कार्यक्रम संयोजक सरीता अधिकारीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.