सिंगीन स्टारको फाइनलमा १० जना छनौट

खबर पुर्वान्चल, २९ पुष २०७४, शनिबार

विराटनगर, २९ पुस /चौथो संस्करणको एसबीएससी सिंगीन स्टारको फाइनलमा १० जना छनौट भएका छन् ।

विराटनगरको जामुनगाछीमा रहेको मदरल्याण्ड एकाडेमी स्कूलमा आज भएको सेमिफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिहरु फाइनलमा छनौट भएका हुन् ।

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङले जिल्लाभरीमा रहेको विद्यालयहरुमा अध्ययरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले प्रत्येक वर्ष सिंगीन स्टार आयोजना गर्दै आएको छ । ‘सेमिफानलमा ३३ जनाले प्रतिभा देखाएका थिए,’ सहकारीका अध्यक्ष विष्णु डंगोलले भने, ‘जसमध्धे उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने १० जना प्रतियोगि फाइनलमा पुगे ।’प्रतियोगिताको फाइनलमा आगमी माघ ५ गते विराटनगरको वीरेन्द्र सभा गृह हलमा हुनेछ ।

सेमिफाइनलकोे निर्णायकहरुमा गायक ज्योती सुब्बा र सुरज बानिया रहेका थिए । फाइनलमा पुगेका प्रतियोगिहरुलाई आइतबारदेखि एक हप्ताको बन्द प्रशिक्षण दिने अध्यक्ष डंगोलले जानकारी दिए । बन्द प्रशिक्षणमा गायक प्रवलदीप विश्वास, विश्वजीत चक्रवतीलगायतले गर्नेछन् । ‘बन्द प्रशिक्षणमा प्रतियोगिलाई पोख्त बनाउछौं,’ अध्यक्ष डंगोलले भने, ‘त्यसपछि फाइनलमा उत्रार्ने र बिजेता छनौट गर्नेछौं ।’

प्रतियोगिताको फाइनलमा बिजेता नगद २५ हजार रुपैयाँको साथ आकषर्ण ट्रफि प्राप्त गर्नेछन् । त्यस्तै फस्ट रनरअप र सेकेण्ड रनरअपले समेत क्रमश : १५ र १० हजार रुपैयाँ प्राप्त गर्ने सहकारीले जनाएको छ । प्रतियोगिताको फाइनलमा १० जना प्रतियोगिहरु छनौटमा पर्नेछन् । फाइनलमा पुग्ने अन्य ७ जना प्रतियोगिहरुलाई नगद ५ हजार रुपैयाँ प्रप्ता गर्ने सहकारीका सचिब नगेन्द्रप्रसाद ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.