सातौ राष्ट्रिय खेलकुद मंसीरमा गर्न माग

खबर पूर्वाञ्चल, २४ कार्तिक २०७३, बुधबार १२:४२

विराटनगर,२४ कार्तिक/ पूर्वाञ्चलमा हुने भनिएको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता यहि मंसीरमा संचालनको माग गर्दै खेलाडिहरुले आज विराटनगरमा दबाब मुलक ¥यालीको आयोजना गरेका छन् ।20161109_074017

विराटनगर स्थित कवर्ड हलबाट निकालिएको उक्त ¥यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको छ । नेपाली राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि संघको अगुवाइमा निकालिएको ¥यालीमा सहभागी खेलाडिहरुले जसरी भएपनि मंसीर मै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न माग गरेका छन् ।

रंगशालामा आएर समापन भएको ¥याली पश्चात संघका अध्यक्ष राम लिम्बुले मंसिर महिना भित्रै प्रतियोगिता सुरु गर्न माग गर्दै जिल्ला खेलकुद विकास समितिलाइ ज्ञापन पत्र समेत बुझाएको छ ।

विराटनगर उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको साझेदार कम्पनि वेस्ट मेनेजमेन्ट ग्रुप नेपाल प्रालिले आज विराटनगरस्थित सहिद रंगशाला र आसपासको क्षेत्र सरसफाई गरेको छ ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप सरसफाइ कार्यक्रम गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । सरसफाई कार्यक्रममा खेलाडी, प्रशिक्षक,कर्मचारी र जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागिहरुले मैदान वरपरको सडक र कवर्डहलको सरसफाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.