सर्वस्वीकार्य निकास, केपी ओलीकै हातमा देशको विकास

खबर पूर्वाञ्चल, २२ पुष २०७४, शनिबार ०९:४३
तिलकुमारी शर्मा

तिलकुमारी शर्मा
ज्योतिषीले सात पटक प्रधानमन्त्री हुन्छौ भनेका थिए रे देउवालाई । कुर्सी त छाड्नै मान्दैनन् त वा ! चुनावको परिणाम हारेपछि अत्तालिएका देउवा कुर्सी नछोडी सात पटकसम्मको भाग पुर्याउन आटे कि क्या हो ?

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्यो । स्थानीय चुनाव मार्फत २० बर्षपछि जनताले स्थानीय सरकार पाएका छन् । जनता खुशी छन् । प्रदेश सभा र प्रतिनिधि

सभाको निर्वाचन पनि विभिन्न चरणमा सम्पन्न भै मत परिणाम पनि आइसकेको छ । आ–आफ्ना दलको भागमा परेको मत अनुसार समानुपातिकबाट सभासद पनि छनौट भैसके अब नयाँ सरकार बनाएर खुरुखुरु काममा लाग्नुपर्ने तर सत्तामा लिप्त भएर बसेका देउवाको कदमले देशलाई अप्ठ्यारो स्थितिमा धकेली रहेको छ ।

’’म राजीनामा दिन्न ?’’ कुन इज्जत र अधिकारका साथ देउवाले यसो भनिरहेछन् सबैले खोज्न जरुरी छ । अब त सुध्र । नयाँ पुस्ताले राजनीतिलाई फोहोरी र दुर्गन्धित खेल हो भनेर चिन्न बाध्य नबनाउ ।

सबैसँग मिलेर देश र जनताको हितका बारेमा पनि सोच्ने गर,देश बिकासका लागी । समृद्ध देश सुखी नेपाली बनाउँन आफ्नो बुद्धि खर्च गर ।

यूवा शक्तिलाई विदेश धपाएर रेमिट्यान्स खाने होइन बरु लाखौको संख्यामा विदेशिएका नेपाली नागरिकलाई स्वदेश फर्काउ, यूवा शक्तिलाई जिम्मेवारी देउ, रोजगारीमा लगाउ, नेपाली यूवालाई स्वदेशमै रहेर नेपाल आमाको सेवा गर्ने मौका देउ । लगानीको कमीले सुकेका कम्पनीमा लगानी लगाउ ।

आखिर नेपालमा के छैन ? सूर्य नेपालमै छ उर्जा बनाउ, असंख्य नदीनाला नेपालमै छन् बिधुत निकाल, जडीबुटी नेपालमै छन् औषधी बनाउ, खानी नेपालमै छन् उत्खनन् गर, जमिन नेपालमै छ उत्पादन बढाउ । युवा नेपालमै छन् विकासमा लगाउ । सबै मिलेर समृद्ध नेपालको कल्पना गर्दै बिकाशका रुपरेखाहरु बनाउ । श्रोत साधन र खानीहरुको खोजी,पहिचान र उत्खनन् गर । अब यति कुरालाई संरक्षण र व्यवस्थित गर्न सक्यौ भने नेपालले न त कसैको नाकाबन्दी झेल्नुपर्छ न त कसैको धम्की नै । न कसैको हस्तक्षेप खेप्नुपर्छ न त कसैको आरोप नै । बरु स्वतन्त्र अनि सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भएर गौरवपूर्ण तरिकाले बाच्न पाइनेछ ।

नयाँ नेपाल निर्माणको महान् लक्ष्य बोकेर सशस्त्र द्वन्द्वमा होमिएको माओवादी १७ हजार नेपालीको वलिदान चढे पछि आज शासन सत्ता सम्हादै वामगठबन्धनको खुड्किलोमा उभिएको छ । गठबन्धनलाई तोड्न बिभिन्न देशी विदेशी शक्तिहरु लाग्न सक्छन् । त्यसैले गठबन्धनलाई छिटो भन्दा छिटो पार्टी एकिकरणमा रुपान्तरण गरि देशलाई निकास दिन लाग्नु पर्ने आजको अपरिहार्य आवश्यकता हो । पार्टी एकिकरणपछि कुन नेताको के भूमिका र कसको व्यवस्थापन कहाँ भन्ने प्रश्न पनि उठ्छ । तर नेताहरुको व्यवस्थापन भन्दा पनि कसको नेतृत्व कहाँ हुँदा जनादेशको कदर हुन्छ र देशले मुहार फेर्छ भन्ने चाककही मूल कुरा हो ।

आखिर एमाले त तेश्रो पार्टी थियो । स्थानीय निर्वाचनमा एमाले एक्लै लड्यो पहिलो पार्टी बन्यो । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा माओवादीसँग मिलेर लड्यो यसमा पनि एमाले पहिलो पार्टी बन्यो । तेस्रो पार्टीबाट पहिलो पार्टी बन्न एमाले कसरी सफल भयो त्यो विश्लेषण गरेर हेर्न जरुरी छ । पार्टी प्रवेशको लहर पनि अर्को महत्वपूर्ण पक्ष हो । यी सबैको पछाडि कसको देन र योगदान छ भनेर खोजी गरिनुपर्छ । हुन त एमाले र माओवादी केन्द्रबिच पार्टी एकिकरणको सम्झौतामा आलोपालो सरकारको कुरा आएको छ ।
यसो गर्दा एकजनाले थालेको काम फेरी पनि अधुरो रहन्छ । त्यसको दोष पार्टीलाई पर्छ अनि कम्युनिष्ट सरकारलाई पर्छ ।

अर्को कुरा आलोपालो गर्दा नेताहरूलाई फाइदा होला तर जनमतमा ठेस लाग्छ भन्ने कुरा दुवै पार्टीका नेताहरुले बुझ्न जरुरी छ । यो जनमत एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको र ओलीका सपना साकार भएको हेर्न चाहनेहरुको हो भन्ने कुरामा दुईमत छैन । जसलाई समानुपातिकमा आएको मतले पनि थप प्रस्ट्याएको छ ।

अर्को कुरा ओलीले थुप्रै सपनाहरु जनता समक्ष प्रस्तुत गरिसकेका छन् । जनताले पनि विश्वास गरेर भारी मतले बिजयी बनाएका छन् । अब जनताको मत र अभिमतलाई कदर गर्नु दलहरुको प्रमुख दायित्व हुन्छ । केपी ओलीको सिद्धान्तले नै देशलाई प्रकाश दिन सक्छ भन्ने तथ्य ओली प्रधानमन्त्री भएका बेला शुरु गरेका कामहरुले छर्लङ्ग पारिसकेको छ । तैपनि उनले सबै सपना साकार पार्ने अवसर पाएनन् । दुइ बर्ष भित्र नेपालबाट सबै तुहिनहरू हटाउने कामको शुरुवात गरे । राम्रो काम गरेको देखि नसहनेहरु इश्र्याले जले र ओलीलाई सरकारबाट हटाए ।

नेतृत्वले यो तितो यथार्थबाट पाठ सिक्न जरुरी छ । जुन सपना केपीले देखे त्यो पूरा गर्न पनि केपीले नै प्रधानमन्त्री बन्नुपर्छ । यस्तै अन्य सपनाहरु साकार पारी समृद्ध नेपाल र सुखी नेपाली बनाउन उनलाई सबैले साथ सहयोग गर्नु अहिलेको प्रमुख आवश्यकता हो । उनले देखेका सपनाहरु तुहिन हटाउने,पाइप लाइनबाट ग्यास, हावाबाट बिजुली, चुच्चो परेको रेल कुदाउने, प्रशान्त महासागरमा आफ्नै पानीजहाज चलाउने जस्ता सपनाहरु पूरा गर्ने अवसर प्रदान गर्नुपर्छ । जसले सपना देखे उनैलाई पूरा गर्न पनि दिनुपर्छ भन्ने तर्फ सोच्न र सहयोग गर्न अत्यन्त जरुरी छ ।

अर्को कुरा एमाले र माओवादी केन्द्रबिच छिटोभन्दा छिटो पार्टी एकिकरण गर्नुपर्छ । एउटै पार्टी बन्ने भएपछि मेरो र तेरो नगरी सक्षमलाई जिम्मेवारी दिनु पर्दछ, चाहे उ यो पार्टीको होस् या त्यो पार्टीको। फेरी मेरो र तेरो भनेर भाग लगाउन थालियो भने सक्षमले अवसर नपाउने अनि असक्षमले अवसर पाउने तर कामको सिन्को सम्म नभाककचिने हुन्छ । त्यसैले सर्बस्वीकार्यरुपमा जनताले रोजेका र कसैको ललाइ फकाइमा नपर्ने र कसैका सामु नझुक्ने राष्ट्र वादी नेता केपी ओली भएकाले उनकै नेतृत्वमा सरकार बनाउनुपर्छ । आलोपालो गरेर होइन एउटै नेतृत्वले पाँच बर्ष सरकार चलाउनुपर्छ। अर्को कुरा वामगठबन्धनको पार्टी अध्यक्ष कसले चलाउने भन्ने प्रश्न पनि उठ्छ ।

महाधिवेशनसम्मकालागि केपी ओली नै पार्टी अध्यक्ष हुनुपर्छ । यसमा दुवै पार्टीका नेताले सम्यमता अपनाउनुपर्छ । देउवा पार्टी अध्यक्ष र प्रधानमन्त्री हुँदा हुन्छ भने केपी ओली किन नहुने ? त्यसपछि महाधिवेशनले जसलाई चुन्छ उनैलाई सबैले पार्टी अध्यक्ष स्वीकार्नुपर्छ । जनयुद्दका महानायक प्रचण्डले नेपालको प्रथम राष्ट्रपति बन्ने अवसरबाट वञ्चित भएका थिए। अब संघीय लोकतान्त्रिक नेपालको प्रथम राष्ट्रपति बन्ने अवसरबाट बन्चित गर्नुहुककदैन भन्ने आम जनताको बुझाइ छ । त्यसैले जनताको मत र अभिमतलाई दलहरुले कदर गर्दै पार्टी एकिकरणको विषयलाई छिटो भन्दा छिटो टुङ्ग्याउन जरुरी छ ।
दिगो विकास,समृद्ध र स्थायी शान्तिकालागि सबैले सकारात्मक भएर सोच्न र सहयोग गर्न आजको अपरिहार्य आवश्यकता हो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.