संविधान संशोधन किन ?

खबर पुर्वान्चल, २७ कार्तिक २०७३, शनिबार

विराटनगर,२७ कार्तिक/ नेकपा एमालेका नेता अग्नि खरेलले संविधान संशोधनको आवश्यता र औचित्य पुष्टि भएमा संविधान संशोधनका लागी एमाले बाधक नबन्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुराकानी गर्दै नेता खरेलले संविधान संशोधनका लागि एमाले लचक भएपनि किन र केका लागी संविधान संशोधन गर्ने भन्ने विषय सरकारले पुष्टि गर्न सक्नु पर्ने बताएका हुन् । उनले पहाड र मधेशलाई छुट्याएर गरिने संविधान संशोधन मान्य नहुने पनि बताएका छन् ।

नयाँ संविधानले हिमाल, पहाड तथा तराई–मधेशको भावनालाई समेटेको भन्दै उनले सिमांकन हेरफेर गर्ने नाममा नेपालीबीचको एकतालाइ टुट्न दिन नहुने बताएका हुन् ।

अंगिकृत नागरिकताको विषयमा नयाँ संविधानमा प्रष्टसँग उल्लेख भएकाले त्यो विषयमा विवाद गर्नुको अर्थ नरहेको उनले बताए । फरक प्रसंगमा नेता खरेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथीको महाअभियोग प्रस्तावममा संसदमा छलफल सुरु भइसकेकाले नेपाली कांग्रेसले पनि महाअभियोग प्रस्तावको विषयमा चाँडै निर्णय लिनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.