संविधान प्रभावकारी कार्यनयन गरिनु पर्छ-राष्ट्रपति भण्डारी

खबर पुर्वान्चल, ६ कार्तिक २०७३, शनिबार

अनिल श्रेष्ठ
विराटनगर, ६ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको सम्मानलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राख्दै जिम्मेवार निती अविलम्बन गर्नुपर्ने बताएकी छिन् ।OLYMPUS DIGITAL CAMERA

मनमोहन प्रतिष्ठान नेपालले आज शनिबार विराटनगरमा आयोजना गरेको जेष्ठ नागरिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले जेष्ठ नागरिकको सेवा सुविधाको लागि बनाएका संवैधानिक र कानुनि प्रावधानहरुलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने बताइन ।OLYMPUS DIGITAL CAMERA

उनले सामाजिक कार्यको निमार्ण गरी बालवालिका र वृद्धाहरुलाई नैतिक जिम्मेवार गर्न प्रेरित गर्ने बताइन् । उनले राज्यले सामाजिक सुरक्षाको प्रतिभूत गर्ने बताइन । जेष्ठ नागरिकको लागि सार्वजानिक साधनदेखी घर, सार्वजानिक स्थलहरु जेष्ठ नागरिक मैत्री हुन जरुरी रहेको औल्याइन । उनले आफुलाई जन्म दिएको जेष्ठ नागरिकलाई वृद्धाआश्रममा राखिने प्रवृद्धी गलत भएको बताइन ।OLYMPUS DIGITAL CAMERA

राष्ट्रपपति भण्डारीले वृद्धालाई आश्रममा राख्ने प्रवृद्धीलाई निरुसाहित गनुपर्नेमा जोड दिइन । उनले शैक्षिक पाठयक्रममा पनि जेष्ठ नागरिक प्रति श्रदाभाब बढाउने सामाजिक विकास गराउँदै जानु अति आवश्यक रहेको बताइन । यस्तो कुराले सभ्य समाज निमार्ण गर्न उत्प्रेणा जाग्ने उनको भनाई थियो । जेष्ठ नागरिक प्रति सम्मान दर्शाउन शिक्षामा पनि समावेश गुरिनु पर्ने उननले बताइन ।

OLYMPUS DIGITAL CAMERAपाठ्य पुस्तकमा जेष्ठ नागरिकलाई सम्मान जनाउने सामाग्रीहरु प्रस्तुत गर्नु गर्न आग्रह गरिन । सकारात्मक सोच विकास गर्न मद्धत पुग्ने भएकाले शिक्षामा पनि जेष्ठ नागरिक सम्मानका विषय बस्तु समावेश गर्नु पर्ने उनको भनाई थियो । जीवनको लामो यात्रा पार गरेका जेष्ठ नागरिक अनुभवमा पूर्ण र विवेकमा समृद्ध भएका समाज र परिवारको आर्दश भएको जानकारी दिइन । जेष्ठ नागरिकको साकारात्मक अनुभवलाई सामाजको विकासमा प्रयोग गर्न सके मुलुकको समृद्धि हुने उनको विचार छ ।OLYMPUS DIGITAL CAMERA

जेष्ठ नागरिक समाजका सम्पती भएको बताउदै उनले समुदायको विकास र प्रगतिमा जेष्ठ नागरिकहरुको योगदान अतुलनिय रहेको स्मरण गरिन । संस्कृति मूल्य मान्यता र परम्पराहरुको जगेर्ण गर्न जेष्ठ नागरिकको सेवा गर्नु र वहाहरुबाट आर्शिवाद ग्रहण गर्नु संस्कृतिको अभिन्न अंगको रुपमा रहेको उनले बताइन । आधुनिकि करणका कारण संयुक्त परिवारहरु फुटदै जानु र समाजमा व्यक्तीवाद बढदै जानु जस्ता परिघटनाहरुले संस्कृतिमा रहेका परम्परा विलय हुदै गइरहेका उनको गुनासो छ ।

विश्वव्यापी रुपमा देखा परेका चुनौतीलाई ध्यानमा राख्दै संयूक्त राष्टसंघले जेष्ठ नागरिकहरुको अधिकारलाई अघि सारेको उनले बताइन । जेष्ठ नागरिकको सम्मानमा नेपालले महत्वपूर्ण नितिहरु अवलम्बन गर्दै आएको भण्डारीको भनाई छ ।

तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले जेष्ठ नागरिकको सम्मानका सुरु गरेको कार्यक्रममा दक्षिण एसियामै नमुना पहल कदमी भएको स्मरण गर्दै उनले जेष्ठ नागरिक प्रति राज्य, समाज र परिवारले सकारात्मक सम्मान गर्नु पर्ने आवश्यकता रहेको बताइन ।

महोत्सवममा एक नम्बर प्रदेशका १४ जिल्लाका ३ हजार सात सय वृद्धालाई एकै थलामा भेला पारि प्रतिष्ठानले सम्मान गरेको थियो । समारोहमा ७० वर्षभन्दा माथिका १ सय १६ वर्षसम्मका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो । एक सय वर्ष भन्दा माथिको २२ जना जेष्ठ नागिरक रहेका थिए

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.