RUMPUM
animated ellipse animated ellipse

संखुवासभामा जिप दुर्घटनामा गाउँपालिका अध्यक्षसहित ६ जनाकोे मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० पुष २०७४, आईतवार २०:५६
3
Shares
संंखुवासभा, ३०पुस /संखुवासभाको मकालु गाउँपालिकास्थित पाथीभराको समाटारमा जिप दुर्घटना हुँदा मकालु गाउँपालिकाका अध्यक्षसहित ६ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका–३, सामाटारमा सडकबाट ९ सय मिटर तल बरूण नदी किनारमा खसेको थियो । जिप दुर्घटनामा परी मृत्यु हुनेमा मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवाल, जिल्ला समन्वय समिति संखुवासभाका कार्यक्रम अधिकृत सुवास कुईंकेल, स्थानीय एमाले नेता सुरेश राई, भुकम्प प्राधिकरणका कर्मचारीहरू इन्जिनियर सुदिप ढकाल र समाजशास्त्री अर्जुन बस्नेत र चालकसमेत छन् ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

दुर्घटनामा परेका सबैको शव क्षत–विक्षत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । संखुवासभा जिल्लाको भोटखोला गाविसस्थित गोलामा माघ १ गते भुकम्पसम्बन्धि एकदिने अनुशिक्षण कार्यक्रमका लागि त्यसतर्फ जाने क्रममा उक्त टोली दुर्घटनामा परेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर