राष्ट्रसभाको निर्वाचत पछि मात्र काँग्रेसले सरकार छोडछ : मन्त्री बस्नेत

खबर पुर्वान्चल, २५ पुष २०७४, मंगलवार

विराटनगर, २५ पुस / सुचना तथा संचारमन्त्री मोहनवहादुर वस्नेतले सवैधानिक प्रक्रिया पु¥याएर सरकार छाडन नेपाली कांग्रेस तयार रहेको वताएका छन् ।

शैलेजा आर्चाय स्मृति पत्रकारिता पुरस्कार एंव रामाप्रसाद मायादेवी पत्रकारिता पुरस्कार वितरण समारोहलाई आज विराटनगरमा संवोदन गर्दै मन्त्री वस्नेतले वामगठवन्धले भन्दैमा संवैधानिक प्रक्रिया नपु¥याइकन सरकार छाडन नमिल्ने वताए । उनले राष्ट्रसभाको निर्वाचनको मिति घोषणा भइसकेकाले निर्वाचन पश्चात कांग्रेसले सरकार छाडने प्रष्ट समेत पारे ।

उनले कसैको दवाबमा कांग्रेसले सरकार छाडने पंक्षमा छैन र विधिको शासनलाई अक्षरस पालना गरेर सरकार हस्तान्तरण हुने बताए । मन्त्री बस्नेतले सरकारले वोलाएको सर्वदलिय वैठकमा वाम गठवन्धनले प्रदेश मुकाम र प्रदेश प्रमुख तोक्ने विषयमा सहमति नजनाउँदा दुवै विषयमा सरकार टुंगोमा पुग्न नसकेको जानकारी दिए । उनले अव वस्ने मन्त्रि परिषदको वैठकले प्रदेश प्रमुख तोक्ने निर्णय गरेपनि दलीय सहमति विना प्रदेशको मुकाम भने नतोक्ने प्रष्ट पारे ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री वस्नेतले प्रदेशको मुकाम तोक्ने विषयमा अन्यौल वढदै गए समस्या वढदै जाने भन्दै यो विषयलाई चाडोभन्दा चाडो टुग्याउनुपर्नेमा जोड दिए ।

चार पत्रकार पुरस्कृत

सोही अवसरमा शैलजा आर्चाय पत्रकारिता पुरस्कारवाट पत्रकार शंकर खरेल, विक्रम निरौला र रुपेन्द्र सेर्मालाई पुरस्कृत भएका छन् । उनीहरुलाई जनही १५ हजार राषि रहेको पुरस्कार पाउने सवै पत्रकार मोरङलाई कार्यक्षेत्र वनाएर पत्रकारिता गर्दै आएका छन् ।

त्यस्तै सोही कार्यक्रम १५ हजार पुरस्कार राषि रहेको रामाप्रसाद मायादेवी पत्रकारिता पुरस्कारवाट पत्रकार अभय राईलाइ प्रदान गरिएको थियो । त्यस्तै सोही कार्यक्रमा संचारकर्मी किरण न्यौपाने र भारती उपाध्यायलाई समेत सम्मान गरिएको थियो ।

पुरस्कृत भएका न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले विपन्न अवस्थामा रहेका नेत्रहीन निकेश थापामगर, कृष्ण कोइराला ‘चारघरे’ र रमेश भट्टराई ‘पाखे’ लाई रु पाँच–पाँच हजारका दरले रकम प्रदान गरे ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.