राष्ट्रपति रनिङ शिल्ड सुरु

खबर पुर्वान्चल, २३ फाल्गुन २०७३, सोमबार
कोशीहरैचा, २३ फागुन /नवौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबारबाट मोरङको कोसीहरैचामा सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद । राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मोरङ जिल्ला खेलकुद समितिको आयोजना तथा सुकुना माविको संयोजनमा प्रतियोगिता सुरु भएको हो । सुकुना माविको खेल मैदानमा फागुन २३ देखि २५ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुनेछ ।
प्रतियोगिता अन्तर्गत तेक्वान्दो र करातेका खेलहरु सकिएको छ भने एथलेटिक्सका खेल जारी छन् ।
तेक्वान्दो खेलको छात्रतर्पm ४५ केजी मुनि न्यूप्यागोडा बोर्डिङ स्कूलका विश्व लिम्बू प्रथम, द राइजिङ बोर्डिङ स्कूलका पुकार राई दोस्रो, सृर्जना ज्ञानकुञ्ज बोर्डिङ स्कूलका अपर्ण दाहाल र टेन्डरफिट बोर्डिङ स्कूलका विश्व गुरुङ तेस्रो भए । ४५ केजी मुनि जनसेवा माविका रमेश तामाङ प्रथम, द राइजिङ बोर्डिङ स्कूलका कुशल राई दोस्रो, सुनाखरी बोर्डिङ स्कूलका पिताम्बर दाहाल र सरस्वती बोर्डिङ स्कूलका सौगात भुजेल तेस्रो भए । ५१ केजीमुनि सुविजिमुर बोडिङ स्कुलका जिजेश राई प्रथम, ज्ञानोद्धय बोडिङ स्कूलका सिमर लिम्बू दोस्रो, सगरमाथा बोर्डिङ स्कूलका करन पोखरेल र द राइजिङ बोर्डिङ स्कूलका जीवन भट्टराई तेस्रो भए ।
छात्राततर्फ ४२ केजीमुनि जनसेवा माविकी इन्दिरा थापा प्रथम, सिंहवाहिनी माविकी सुशिला राई दोस्रो, जनपथ माविकी निता नेपाली र ज्ञानोदय बोर्डिङ स्कूलकी जुनु राई तेस्रो भए । ४४ केजीमुनि बालजगत बोडिङ स्कुलकी आश्मा राई प्रथम, मिल्स माविकी स्वस्तीका लामा दोस्रो, जनपथ माविकी टुलिका साह र सृर्जना ज्ञानकुञ्जकी प्रियंका गडेरी तेस्रो भए ।
४६ केजीमुनि लक्ष्मी माविकी सन्तोषी राई प्रथम, बालजगत बोर्डिङ स्कूलकी रेश्मा कार्की दोस्रो, जनसेवा माविकी रक्षा धिमाल र मिल्स माविकी अञ्जली चौधरी तेस्रो भए ।
तेक्वान्दो उत्कृष्ट स्कूलमा जनसेवा मावि प्रथम, बालजगत बोर्डिङ स्कूल दोस्रो र न्यु प्यागोडा बोर्डिङ स्कूल तेस्रो भएको छ ।
त्यसैगरी, कराते खेल अन्तर्गत छात्रातर्पm ४० केजी समुहमा सेन्टमेरीज स्कूलकी आरसी कार्की प्रथम, भगवित माविकी आयुषा लिम्बू दोस्रो, यलम्बर माविकी निमा तामाङ र आदर्श बालिका माविकी निमा गुरुङ तेस्रो भए । ४५ केजी समूहमा राधाकृष्ण माविकी अंजना राना मगर प्रथम, महेन्द्र माविकी रश्मी लिम्बू दोस्रो, न्यु प्यागोडा बोर्डिङ स्कूलकी आयुषा राई र पोखरीया माविकी एलिसा घिमिरे तेस्रो भए ।
५० केजी समुहमा भगवती माविकी विनिता राई प्रथम, साजिलाल माविकी अस्मिता राई दोस्रो, देवकोटा बोर्डिङ स्कूलकी रञ्जना उराँव र सेन्टमेरिजकी निरोली सब्बा तेस्रो भए । त्यस्तै छात्रतर्पm ४२ केजी समुहमा जनपथ माविका महमद अमन प्रथम, सिद्धार्थ बोर्डिङ स्कूलका अभिषेक श्रेष्ठ दोस्रो, जनता माविका अनमोल शिवा र भगवती माविका लोकमान श्रेष्ठ तेस्रो भए ।
४७ केजी समुहमा राधाकृष्ण माविका निशान मगर प्रथम, साजिलाल मावि अनुज भण्डारी दोस्रो, श्रीकालिका माविका अमिन नेपाली र चन्द्रकिरातेश्वर माविका सुन्दर सुनार तेस्रो भए । ५२ केजी समुहमा बाल्मीकि बोर्डिङ स्कूलका एन्जल तुम्वाम्पो प्रथम, भगवती माविका सलबहादुर गुरुङ दोस्रो, पोखरीया माविका प्रवेश चौधरी र साजिलाल माविका भविन्द्र मगर तेस्रो भए ।
त्यसैगरी एथलेटिक्स अन्तर्गत छात्रातर्पm १०० मिटर दौडमा सरस्वती माविकी प्रजिना बस्नेत प्रथम, गौतमबुद्ध बोर्डिङ स्कूलकी आरती साह दोस्रो र राधीका माविकी कञ्चन सहनी तेस्रो भए । ४०० मिटरमा राधीका माविकी मुना चौलागाई प्रथम, द राइजिङ बोर्डिङ स्कूलकी रोशनी कटुवाल दोस्रो र महेन्द्र माविकी रञ्जिताकुमारी सहनी तेस्रो भए ।
छात्रतर्पm ४०० मिटरमा राधिका माविका मधुमडी सतार प्रथम, मछिन्द्र माविका अजय श्रेष्ठ दोस्रो र महेन्द्र माविका नविन सरदार तेस्रो भए ।
त्यस्तै सटपुट छात्रतर्पm मिल्स माविका आशिष राजवंशी प्रथम, मावि केरौनका मौसम राजवंशी दोस्रो र लक्ष्मी माविका विक्रम लिम्बू तेस्रो भए । छात्रातर्पm पञ्चालय माविकी जुनु आङवुहाङ प्रथम, सुकुना माविकी सिता भारती दोस्रो र आदर्श माविकी सिमा राजवंशी तेस्रो भए ।
प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गरेका थिए । प्रतियोगितामा जिल्लाका नौवटा निर्वाचन क्षेत्रबाट छनौट भएका ५० निजी तथा सामुदायिक विद्यालयका १ हजार ३ सय विद्यार्थीले सहभागिता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.