राजसतिको ७९ लाख आम्दानी

खबर पुर्वान्चल, २७ पुष २०७४, बिहीबार

विराटनगर, २७ पुस/ मोरङको बुढीगंगा गाउँपालिका–१ टंकीसिनवारीमा रहेको राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा ७९ लाख १७ हजार ८ सय ५४ रुपैयाँ आम्दानी गरेको छ ।

टंकीसिनवारीको जेसिज भवनमा बिहीबार भएको १७ औं वार्षिक साधरणसभामा सो बरावरको सहकारीले आम्दानी गरेको जानकारी गराएको हो ।

७ सय ४३ जना सेयर सदस्य रहेको उक्त सहकारीको शेयर पूँजी ७७ लाख ७३ हजार १ सय पुगेको छ भने बचत निक्षेप ४ करोड ३७ लाख ७१ हजार ३ सय ६५ रहेको सहकारीको अध्यक्ष तारादेवी राईले जानकारी दिए । सहकारीमा आवद्ध भएका सेयरसदस्यले नियमित, मासिक, समूह, ऐच्छिक, विशेष, खुत्रुके तथा विशेष आवधिक बचत राख्ने गरेका छन् ।

‘छरिएर रहेको पूँजीलाई एकीकृत गर्न सहकारीले अहम् भूमिका निर्वाह गरेको छ,’ अध्यक्ष राईले भनिन्, ‘यस सहकारीले विभिन्न किसिमको बचत योजना ल्याएको छ । त्यही योजना अनुसारको वचत अहिले सञ्चालन छ ।’

सोही अवसरमा सहकारीले एक दर्जन जेष्ठ बुवा तथा ससुरालाई सम्मान गरेको छ । ७५ वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सहकारीले सम्मान गरेको हो । त्यस्तै ७ जना एकल महिला, ४ जना जेष्ठ महिला शेयर सदस्य तथा निजी तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सहकारीले सम्मान ग¥यो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेल, एमाले मोरङका अध्यक्ष विनोद ढकाल, डिभिजन सहकारी विराटनगरका प्रमुख गोपी घिमिरेलगयाले सहकारीको सफलताको शुभकामना दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.