RUMPUM
animated ellipse animated ellipse

रंगेहात पक्राउ परेका प्राध्यानाध्यापकलाई ‘क्लिन चिट’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ कार्तिक २०७३, शनिबार ०७:३९
3
Shares
विराटनगर देवकोटा चोक स्थित रुपेश होटलमा घुस लिदै गर्दा पक्राउ परेका प्राध्यनाध्यापक चौधरी र अख्तियार कर्मचारी /फाइल तस्वीर

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर कार्तिक ४/ शिक्षक नियुक्ती गर्दिने भन्दै घुस लिदा लिदै पक्राउ परेका प्राध्यानाध्यापकले क्लिन चिट पाएका छन् ।

विराटनगर देवकोटा चोकको एकहोटलबाट घुस लिदा लिदै रंगेहात पक्राउ परेका जनता उच्च माध्यमिक विद्यालय अमाहीबरियातीका प्राध्यानाध्यापक रुद्रानन्द चौधरीले ‘क्लिन चिट’ पाएका हुन ।

शिक्षक नियुक्ती गर्दिन्छु भन्दै ६५ हजार घुस लिने पाध्यानाध्यापक चौधरीले क्लिन चिट पाएका हुन् ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले चौधरीलाई घुस लिदा लिदै रंगेहात पक्राउ गरेको थियो । तर रंगेहात पक्राउ परेका चौधरीले क्लिन चिट पाएका हुन् । उनलाई अख्तियारले विशेष अदालतमा मुद्धा नहाली सफाई दिएको हो ।

नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघका चौधरीले प्रभावकै आधारमा क्लिन चिट पाएका हुन् । ‘ अख्तीयरले रंगेहात पक्राउ गरेको थियो । तर मुद्दै नहाली क्लिन चिट थमाइएछ । यो त कानुनी राज्यको उपहास हो ।’

गत जेठ १५ गते शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय इटहरीको टोलीले ६५ हजार रुपैया घुस लिदै गर्दा रंगेहात पक्राउ गरेको थियो । पक्राउ पर्ने वितिकै प्राध्यानाध्यापकबाट निलम्बनमा परेका चौधरीले दशै अघि देखिनै स्कुलमा हाजिर भएका थिए ।

अख्तीयार केन्द्रिय कार्यालयले क्षेत्रको टोलीले घुस सहित पक्राउ गरेको व्यक्तीलाई कारवाही नगरी जिल्ला शिक्षा कार्यालय मोरङलाई पत्र पठाउदै निलम्बन फुकुवा गर्न भनेपछि जिल्ला शिक्षा कार्यालयले निलम्बन फुकुवा गरेको हो ।

चौधरीले विद्यालयमा रिक्त रहेको प्राविधिक शिक्षक नियुक्ती पदमा नियुक्ती गर्ने भन्दै विराटनगरकी एक महिला शिक्षकस“ग घुस मागेका थिए । शिक्षिकाले अख्तीयारलाई खवर गरेपछि घुस लिदै गर्दा अख्तीयारले पक्राउ गरेको थियो ।

अख्तीयार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख रविन्द्र शर्मा सवै मुद्धा केन्द्रबाटै हेर्ने भएकाले कसलाई कारवाही भए/नभएको जानकारी नहुने बताउछन् । ‘ हामीले अन्तिम मिसिल बनाएर केन्द्रमा पठाउछौ । मुद्धा होल्ने काम केन्द्रले नै गर्छ । उनी भन्छन् ‘ केन्द्रले मुद्धा हाल्यो भने हामी वेभसाइड हेरेर थाहा पाउछौ । वेभसाइटमा छैन भने अनुसन्धान भैरहेको छ भन्ने बुझछौ ।’

घुस सहित पक्राउ परेका व्यक्तीको विवरण पनि केन्द्रमै पठाएको उनको भनाई छ । तर माथीबाट के भयो भन्ने कुनै जानकारी नभएको उनले बताए ।
अख्तियार केन्द्रिय कार्यालयले मुद्धा हाल्न आवश्यक नरहेको भन्दै जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको छ । ‘ यहीबाट कारवाही होस भन्ने पत्र आएको थियो ।

जिशिका मोरङका शाखा अधिकृत डुण्डीराज पौडयाल भन्छन् ‘अख्तीयारको पत्र पाएपछि निलम्बन फुकुवा भयो ।’ अख्तीयारको पत्रमा विद्यालय व्यावस्थापन समितिको सहमतिमा घुस लिएको भनिएको छ ।

घटनाका विषयमा बुझन खोज्दा प्राध्यनाध्यापक चौधरीले सोझै इन्कार गरे । ‘ म बाटोमा छु । अहिले यो विषयमा केही नवोलौ होला’ भन्दै पन्झिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर