मिस विराटनगर २०१७ हुने

खबर पूर्वाञ्चल, २५ कार्तिक २०७३, बिहीबार १९:२०

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर २५ कार्तिक । यसै वर्षदेखि अंग्रेजी महिनाको नयाँ वर्षको २०१७ को अवसर पारेर विराटनगरमा मिस विराटनगर २०१७ पहिलो पटक हुने भएको छ ।

विराटनगर मेन रोडमा रहेको लक्ष्य ईम्पोरियमको आयोजनामा मंसिरको पहिलो साताबाट प्रतियोगिता अडिसन राउण्ड सुरु हुने भएको हो । विराटनगरमा आज पत्रकार सम्मेलन गरि किशोरीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको कार्यक्रमका संयोजक अमित गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार प्रतियोगितामा मोरङ्ग जिल्ला भरी रहेका कक्षा १० देखि स्नातक तह सम्मका १८ देखी २५ बर्ष उमेर समूहका अविवाहित किशोरीहरुले भाग लिन पाउने छन् ।

किशोरीहरुलाई टे«निङ अवधीभर व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्दय रहेको छ ।

करिब एक महिनाको ट्रेनिङ पश्चात फाइनल राउण्ड पुष १७ गते विराटनगरमा हुने प्रेस संयोजक प्रेम देवानले बताए । साथै ट्रेनिङको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।

विजेताले नगद १ लाख १ हजार प्राप्त गर्नेछन् । फस्ट रनरअपले नगद ५१ हजार र सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने सक्ने संयोजक देवानले जनाए ।
मिस विराटनगरको आवेदन अहिले धमाधम वितरण पनि भईरहको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.