महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने

खबर पूर्वाञ्चल, ३ कार्तिक २०७३, बुधबार २०:०१

काठमाडौं/

कार्तिक ३, २०७३- हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।

युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गरेका हुन् । उनले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गरे ।

विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।

प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो । रासस

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.