भारतलाई पाकिस्तानको चेतावनी : परिणाम भोग्न तयार रहनु

खबर पूर्वाञ्चल, ३० पुष २०७४, आईतवार १८:१८
भारतलाई पाकिस्तानको चेतावनी : परिणाम भोग्न तयार रहनु

कराची /भारतीय सेनाका स्थल सेनाध्यक्ष जनरल बिपिन रावतको भनाइलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ।

पाकिस्तानले भारतको कुनै पनि सम्भावित कारवाहीलाई लिएर चेतावनी दिँदै भनेको छ, उसको परमाणु हतियार र पूर्वको तर्फबाट आउनेवाला कुनै पनि खतरासँग जुध्नका लागि हामी पूर्ण तयारी अवस्थामा छौ ।

यसभन्दा अघि भारतका सेना प्रमुख जनरल बिपिन रावतले बुधवार मात्रै उनको फौज पाकिस्तानको परमाणु धम्कीुसँग जुध्नका लागि तयार रहेको बताउँदै यदि सरकारले आदेश दिएमा सीमा पार गर्न कुनै संकोच राख्ने उल्लेख गरेका थिए ।

जनरल रावतले एक पत्रकार सम्मेलनका क्रममा भनेका थिए, हामी पाकिस्तानको धम्की (परमाणु) को जवाफ दिन्छौ । यदि हामीले साँच्चिकै पाकिस्तानीसँग भिडन्त गर्नुपर्यो भने उसको परमाणु हतियारको डरले सीमा पार गरेर जान डराउँदैनौँ । हामी उनीहरुको परमाणु धम्कीको जवाफ दिन सक्षम छौ।

जनरल रावतले यदि सरकारले आदेश दिएको अवस्थामा भारतीय सेना पाकिस्तानको सीमा पार गर्न कुनै ढिला र अफ्ठेरो नमान्ने पनि बताएका थिए ।

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतको तर्फबाट कुनै पनि हमला भएको अवस्थामा तत्काल जवाफी कारवाही थाल्न पनि सेनालाई निर्देशन दिएका छन् ।
उनले पाकिस्तानको सरकारी टेलिभिजन च्यानलमा भनेका छन्, यदि उनीहरुले भने जस्तो गरेर भने यो उनीहरुका लागि एउटा चुनाव नै हो । यदि उनीहरु हाम्रो धैर्यताको बाँध फुटाउन खोज्छन् भने त्यसबाट निस्कने परिणाम भोग्न पनि उनीहरु नै तयार हुनुपर्छ ।
मेजर जनरल आसिफ गफुरले जनरल रावतको टिप्पणी कुनै पनि सैन्य जनरललाई शोभा दिन नमिल्ने विषय भएको बताएका छन् ।

पाकिस्तानको परमाणु क्षमता देखेर भारत कुनै पारम्परिक युद्ध लड्ने स्थितिमा छैन उनले भनेका छन्, तर हामीले यसलाई एक प्रतिरोधको हतियारका रुपमा लिएका छौ।एजेन्सी

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.