बाल्यकालको याद दिलाउने जुनाको ताराबाजी लै लै सार्वजनिक (भिडियो सहित)

खबर पूर्वाञ्चल, २८ पुष २०७४, शुक्रबार १३:०४

तेजन खड्का
न देखेको भए हुन्थियो तिमीलाई बोलको गीतबाट दर्शक स्रोताको मनमुटुमा बस्न सफल गायिका जुना प्रसाईकोे ‘ताराबाजी लै लै’ को भिडीयो सार्वजनिक भएको छ । जुनाले आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक गरेकी हुन् ।

गीतको रचना दीपक शर्माले गरेका हुन् । बाल्यकालको पलहरुलाई गीतमा जसरी पृथक ढंगले गीतकार शर्माले चित्रण गरेका त्यसरी नै गायिका जुनाले पनि मनछुने गरि गीत गाएकी छिन् । ‘ताराबाजी लै लै’ मा जुनाको कलात्मक गायकी सँगसँगै गीतकार शर्माकै स्वय संगीत रहेको छ ।

गीतमा सबैले आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवन स्मरण दिलाउने छ,जुनाले भनिन्‘ गीतबाट एकदमै राम्रो प्रतिक्रिया पाईरहेको छु । स्रोताको मन जित्ने पूर्ण विश्वास छ । ’

भिडीयो हेर्ने जोहि कोहिलाई वालापनको याद दिलाउने गायिका जुनाले बताईन् ।

युवराज वाइवाको निर्देशन रहेको भिडियोमा केशव भट्टराई, रश्मी भट्ट, अभिज्ञा प्रसाई, एलिसा श्रेष्ठ र निर्जला बरालको अभिनय छ । निशान घिमिरेले सम्पादन गरेको गीतलाई उत्सव दाहालले छायांकन गरेका हुन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

भिडियो हेर्नलाई यहाँ क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.