बाम एकता : समाजबाद को लागि वा सत्ता दाउपेचको हतियार ?

खबर पुर्वान्चल, १८ आश्विन २०७४, बुधबार

गणेश उप्रेती (शुशिल )
हजारौ विश्लेषणहरुको अध्ययन पश्चात एउटा तथ्य सजिलै भन्न सकिन्छ कि एक्लै सक्ने भए आजका मितिसम्म एमालेले एक्लैको बहुमतको सरकार चलाउनुपर्ने थियो ।

माओवादी चुनवाङ्गको गोरेटोबाट १२ बुँदेमा नआइ युद्ध तोप र ट्याङ्गको घेरा भित्र हसिया हथैडाको रातो झण्डा बोकेर सिंहदरवारका एमानको पर्खाल भत्काउँदै, नारायण हिटी चकनाचुर पारेर १९ औं र २० औं सताब्दीका रसीयन जारशाही र चाइनिज च्याङकाइसेकको अर्को संस्करणको अवसानको अट्टाहासमा पुलकित हुनु पर्ने थियो ।

एमाले पक्षलाई लगाएको आरोप मुतविक एमाले अघि बढन सकेको भए यसो त पक्कै हुनुपर्ने थियो कि, उसले कथित संसदीय भासको बहुमत वा दुई दिहाई प्राप्त गनुपर्थो । २०४६ पछिको उसले जम्मा ९ महिना त्यो पनि अल्पमतको सत्ता सञ्चालन ग¥यो । त्यसपछिको सम्पूर्ण यात्रा कि त काँग्रेसको कि त दरबारको सहायता वा पिछलग्गू भएर आफ्नो यौवन सम्मात पारेको तितो तथ्यलाई एमालेजनले नकारेपनि साक्षि रहेको इतिहासले पक्कै नकारदैन ।

कुनै बेला माओवादीलाई साइजमा राख्न भाइ काँग्रेसको भूमिकामा राजनैतिक रंगमञ्जमा खुब जमेको सो पार्टीलाई साम्राज्यबादी र बिस्तारबादीहरुले सधै कम्युनिष्टनै देखेर कहिले एनजिओ मार्फत त कहिले प्रतिक्रियाबादीको सत्ता साँटगाठमार्फत हसिया हथौडाप्रतिको मोह भङ्ग गराई रह्यो । एक्लै गरिखान्छु भनेर घर छाडेर हिडेका छोराका सबै तिरका बाटा जब बन्द हुन्छ र उसको हिम्मत कमजोर पर्दछ अनि उसले अध्यारो रातमा जुनको साहारामा रुखमा जुन्डिने बिकल्प रोज्दछ ।

सायद नेपाली बामपन्थी राजनितिमा एमालले धेरै पटक आत्महत्याको बाटो रोज्दै आएको छ । तर, कहिले डोरी कम्जोर पर्दछ त कहिले बिष नक्कली पर्दछ । सायद त्यसकै भुतले सताएर होला उ झापा बिद्रोहसँग साइनो गास्न पनि तर्सिन्छ ।

आफूलाई सबैभन्दा ठूलो प्रजान्त्रबादी, शान्तीबादी, गान्धीबादी, पार्टीको रुपमा चिनाउने नेपाली काँग्रेसका कुनै पनि नेता वा कार्यकर्ता कही कतै उभिएर आफ्नो पार्टीको बारेमा दुई शब्द मात्र बोल्न प¥यो भने पनि आफूले हतियार उठाएर मान्छेको टाउँका काट्दै गरेको सशस्त्र बिद्रोह र बिमान अपहरण गरेर पैसाँ संकलन गरेको कुरा सबैभन्दा पहिला स्वास लामो, छाती भारी र नाक ठाडो पारेर गर्दछन् र जिउँको सम्पूर्ण रगत दाइने हातमा पु¥याएर जय नेपाल भन्दछन् ।

यता एमाले छ कम्युनिष्ट पार्टीको घोषणा पत्र सिरानीमा राखेर सुत्दछ, माक्सबाद पढदछ तर जब बिद्रोह क्रान्ति, सशस्त्र हस्तक्षेपका वाक्य वा छिटो मात्र वरपर देखियो भने गरुढ देख्दा सर्प लुत्रुक्क परेजस्तो, नौनाडी गलेजस्तो, हारेको जुवाडेजस्तो खिन्न पर्दछ । सायत त्यसैले होला उ पटक–पटक आत्महत्याको बाटोबाट गुज्रिदै आएको छ । तर पनि साम्राज्यबादी र बिस्तारबादीको नजरमा उ हसिया हथौडाधारी कम्युनिष्ट हो । उ मृत छैन् । मौसम फेरीदै पाउँलिन्छ ।

एमालले माओवादीलाई लगाएको आरोप अनुरुप यो साच्चै उग्रबादी रहेको हुन्थो भने लिट्टेहरु जस्तै राजनितिकको रङ्मन्चबाट बिलय भइसक्थो । जडसुत्रबादी मात्र रहन्थो भने जड भएर सकिन्थो होला । कमरेड किरणले उत्त यात्रा रोजेपनि माकेले त्यो स्विकार गरेन् । आज पनि मुलुक संघियता, गणन्त्रण, धर्मनिरेपक्षता, समानुपातिक, समावेशीको मुद्दालाई संस्थागत गर्ने महान पर्वमा जुटेको छ ।

जुन माकेको फ्याक्ट्रीबाट उत्पादीत ब्रान्डेड माल हुन् । भलै यसलाई ठाउँ, गाउँ, सन्र्दभ अनुरुप कालाबजरियाहरुले बेला बखत आफ्नो उत्पादनको लोगो टासेर बजार नबुझने ग्राहक समक्ष बेच्ने गर्दछ ।

अहिले बजारमा एमाले र माकेको तालमेल र एकताको सन्दर्भले दुबै तिर मात्र नभएर चौतर्फी एउटा रहस्यमय जिज्ञासा पलाएको छ । यो तालमेल वा एकता के का लागि ? प्रदेश नम्बर २ को चुनाबी परिमाण पश्चात एमालेमा उत्पन्न अन्तरबिरोध र आगमी निर्वाचन पश्चात नेपाली राजनीतिमा सर्वधाकि लामो समयसम्म आफु एक्लिने सुदुर भयका कारण माकेको सपोटमा त्यो क्षतिपूर्ती पुरा गर्ने कुत्सीत मनोबिज्ञानबाट त प्रेरित छैन ? वा माकेले समग्र स्थानिय चुनावको समिक्षा गर्दै आगमी चुनावमा आफ्नो साइज अलिकति फराकिलो पार्ने अपरिपक्क दिवास्वप्नबाट त ग्रसित छैन ? यि दुबै स्वार्थमा एकता वा तालमेल असान्दार्भिक र अप्राकृतिक हुनेछ ।

बिशेष त यो एकताको प्रसंगले केही माक्सबादी बिद्वान तिलमिलाएको देख्दा उदेक लाग्दछ । बिद्वानलाई भन्न केही छैन । तर तिममिलाएका केही आफ्नै र उत्ता पटीका मित्र एवंम कमरेडहरुसँग केही प्रश्न उठाउन आवश्यक छ । पहिलो प्रश्न माकेका मित्रहरुसँग । त्यसो भए के गर्ने त ? संघीयता, गणतन्त्रण, धर्मनिरेपक्षता, समावेशी, समानुपातिक हाम्रो भाषामा जनवादी क्रान्तिका मुख्य आधार जुन अहिलेको संविधानमा समेटिएको छ ।

यो कसरी प्राप्त भयो ?

खारा, जुम्ला र बन्दिपुरबाट मरणासन्न हुने गरि लखेटिएपछि बल्ल आएको होस समाल्दै चुनवाङ्ग पुगेर लामो शास फेर्ने तपाई । काँग्रेससँग सहकार्य गरेर १२ बुँदेमा रमाउने तपाई । पहिलो संविधानसभामा पहिलो पार्टी हुने तपाई । ढंग नपु¥याएर सत्ताको पहलकदमी गुमाउने अभियानको मतियार बन्ने तपाई ।

समाजवाद भन्दै गफ चुटेर बस्ने तपाई । एजेण्डा र सन्दर्भलाई पार्टीमा दाउपेच र बार्गेनिङ्गको मुख्य आधार बनाइ हरेक मुद्दालाई आफू अनुकुल ब्याख्या गर्न र पार्टीको मुख्य जीवनको हुर्मत काड्ने तपाई । दोस्रो चुनाव र स्थानीय तहको चुनावमा सुतेर बस्ने तपाई । बागजस्तो पार्टी मुसाजस्तो हुँदा पनि आफुलाई रति नबदल्ने तपाई ।

अनि पार्टीले अर्को साहसीक पलकदमी लिनुपर्दछ भनी बहस चलाउदा बुरुक्क उफ्रिने पनि तपाई ? त्यसो भए अब के गर्ने । तपाईजस्तो मान्छेहरुको सानो जमात बोकेर मात्रै समाजवाद आउने बाटो कुन हो ? अझ म त भन्छु समाजवादी यात्राको लागि माओवादमै परिमार्जन गर्दा हुन्छ ।

माओ मात्र पढेर समाजवादको बैचारिक नेतृत्व हुन सक्दैन । दिर्घकालिन जनयुद्धको युग समाप्त भयो । र यसको साहयतामा हामीले गौरवपूर्ण परिवर्तन ग¥यौं । गणन्त्रण आयो । यो माओवादी बिचारको परिश्रमको देनको रुपमा युगले सम्झनेछ । अब अगाडी बढन आवश्यक छ । दायरा फराकिलो पार्न आवश्यक छ ।

जनबादी क्रान्तिसम्मको लागि माओवादी हुँदै माकेसम्मको यात्रा रोमान्चक र ऐतिहासिक रह्यो । यसमा कसैले पछुतो र ग्लानी मान्नुपर्ने आवश्यक छैन । अब समाजवादको सपना बोक्ने हो भने बाद र संगठन दुबै फेर्न आवश्यक छ । त्यसको मतलब बाबुराम जि जस्तो माक्सबाद परित्याग गरि अदृश्य र अलौकिक चिजको खोजी पनि भन्ने होइन ।

यता एमालले जनसँग पनि केही प्रश्न आवश्यक छ । के एनजिकोको साहयाताले मात्र मुलुकको समाजवाद सम्भव छ । सधै अल्पमतमा बस्ने, सत्ता बार्गेनिङ्गमा रमाउने, अनि भ्रम छरेर प्राप्त गरेका निम्छरा प्रतिनिधि खरिद बिक्रीमा अल्मलिएर माक्सवादको रक्षा र बिकास सम्भव छ ? कति बर्ष भयो समाजवादको सपना हेर्न छाडेको ?अब त निद्रा र सपनाको साइनो पनि हराइ सक्यो होला ।

भरखरै नेपालको एउटा राष्ट्रिय पत्रिकाले २ सय ५० वर्षदेखि आजसम्मको २५ जना राष्ट्रिय व्यत्तित्वहरुको सर्वेक्षण सूचि प्रकाशित ग¥यो । त्यसमा आजको मितीमा एक जना मात्र जिउँदो मान्छेको नाम छ त्यो हो प्रचण्ड । यसर्थ प्रचण्ड एक इमान्दार क्रान्तिकारी योद्धा हुन भन्ने सर्वाधिक तथ्य त्यसैले उजागर गर्दछ । उनले भनेका छन् आफ्नै जीवनमा नेपालमा समाजवाद सम्भव छ ।

यो तालमेल वा एकता त्यताबाट प्रेरित हो भने यो भन्दा अर्को सुखद समाचार कुनै पनि बामपन्थी, कम्युनिष्टहरुको लागि हुनै सक्दैन । नेतृत्वलाई विश्वास गरेर मात्रै युग परिवर्तनमा योगदान पु¥याउन सकिन्छ । मन्डेलालाई कालाहरुले विश्वास नगरेका भए, गान्धिलाई भारतीहरुले विश्वास नगरेको भए, माओलाई चाइनिजहरुले विश्वास नगरेका भए, लेलिनलाई मजदुरहरुले विश्वास नगरेका भए सायद उनीहरुको पालामा तेत्रा महान परिवर्तन सम्भव थिएन् ।

नेतृत्वलाई गालीमात्र गर्ने मेन्सेविकहरुलाई परिवर्तनको श्रेय कहिले जादैन । त्यसैले निसर्त प्रचण्डलाई विश्वास गरौं । छलछाम बेगर समाजवादलाई केन्द्रमा राखेर तालमेल हुँदै एकताको महान कोर्षमा अगि बढ्दा नै सबै नेपाली बामबन्थीहरुको लागि कल्याण सावित हुनेछ ।
(लेखक माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुन्  )

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.