प्रधानमन्त्री प्रचण्डले विराटनगरको कुन ठाउँमा के बोले

खबर पुर्वान्चल, २६ कार्तिक २०७३, शुक्रबार
फाइल तस्वीर

अनिल श्रेष्ठ
विराटनगर, २६ कार्तिक / प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड शुक्रबार विहानै नेपाली सेनाको विमानमा विराटनगर अवतरण गरे ।

आफनो कार्यकाल एक सय दिन पुग्न लागेको बेला प्रधानमन्त्री प्रचण्ड सहितको एक टोली कर्मचारी अनुगमन र निरीक्षण गर्दै देश दौडानमा हिडेका छन् । कर्मचारीको निरीक्षण र निर्देशन दिने क्रममा मुख्य सचिब, अर्थ मन्त्रालयको सचिब, प्रधानमन्त्री कार्यालयका क्रियाशिल कर्मचारीहरु अहिले देश दौडान छन् ।img_8149-copy

त्यही क्रममा विराटनगर आएको बेला प्रचण्डले तीन ठाउँमा आयोजना गरिएको कार्यक्रम आफनो महत्वपूर्ण भनाइहरु राखेका छन् । कुन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले के बोले त । यसरी प्रस्तुत गरिएको छ ।

परिमाण देख्ने काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्री प्रचण्डले जनतलाई सेवा पुग्ने र परिणाम देख्ने खालको काम गर्न निजामति कर्मचारी र सुरक्षा निकायको प्रमुखहरुलाई निर्देशन दिए ।

आज शुक्रबार विहान पूर्वाञ्चल क्षेत्रको कार्यालय प्रमुख र सुरक्षा निकायका प्रमुखलाई विराटनगरमा भेला पारि यस्तो निर्देशन दिएका हुन ।

प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीहरुलाई सेवा प्रदान गर्दा परिणाम देख्ने खालको कार्य सम्पादन गर्न कार्यालय प्रमुखहरुलाई विशेष निर्देशन दिए । भेलामा पूर्वाञ्चलमा रहेको १६ वटै जिल्लामा रहेको सरकारी कार्यालयको प्रमुख र सुरक्षाको प्रमुखहरुको सहभागिता जनाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २५ मिनेट कार्यालय प्रमुख र सुरक्षा निकायको प्रमुखसँग छलफल गरेका थिए ।

    ‘जुट मिल सञ्चालन गर्न पहल गर्छु ’
प्रधानमन्त्री प्रचण्डले मुलकै जेठो विराटनगर जुट मिल सञ्चालन गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।

img_8192विराटनगरको ऐतिहासिक उद्योग विराटनगर जुटमिलको आज शुक्रबार विहान अवलोकन भ्रमण गर्ने क्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उद्योग सञ्चालन लागि चुनौती रहेपनि पुरानो उद्योग संचालनका लागि छलफल गरी उद्योग पुर्ण रुपमा सञ्चालनका आउने वातावरण सृजना गर्ने बताए ।

उनले हेटौंडाको कपडा उद्योग, काठमाडौंको औषधि उद्योगलगायत अन्य सरकारी उद्योगहरुको संचालनको लागि अध्ययन भइरहेको बताए ।

उनले विराटनगर जुटमिलमा विद्युत् नभएर संचालन नभएको विषयमा उर्जा मन्त्रालय मार्फत समाधान गर्ने र जग्गाको विषयमा पनि सम्बन्धीत मन्त्रालयलाई हल गर्न निर्देशन गर्ने बताए ।

विराटनगर जुटमिलकै कारण नेपालको औद्योगिक विकास भएको र अहिले यो अवस्थामा हुनु सबैका लागि लज्जाजनक विषय भएको भन्दै प्रचण्डले नीजि करणको नाममा सरकारी उद्योगहरुलाई धरासायी बनाउने काम कस्ले ग¥यो खोजी गर्नुपर्ने बताए ।

आफूले जुटमिललाई के गर्ने भन्ने विषयमा एउटा उद्देश्य लिएरै भ्रमण गरेको जानकारी गराउँदैै प्रधानमन्त्रीले सम्पूर्ण जुट उद्योगको समस्या समाधानका विषयमा भारतीय प्रधानमन्त्रीसँग पनि छलफल भएको जानकारी दिए ।parchanda-copy

ब्रीक्स सम्मेलनको बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग पनि जुटमिलको विषयमा छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

उद्योगको विषयमा जानकारी गराउँदै विराटनगर जुटमिलका अध्यक्ष निलहरि काफ्लेले प्रधानमन्त्री समक्ष ज्ञापन पत्र दिएका छन् । ज्ञापनपत्रमा उद्योग संचालनका लागि यथासक्य पहल गर्न माग गरिएको छ ।

विकास केन्द्रीत राजनैतिक गर्न जोड
प्रधानमन्त्री प्रचण्डले विश्वनै विकास केन्द्रीत भएकाले अब विकास केन्द्रीत भएर राजनैतिक गर्नुपर्ने बताएका छन् ।

मोरङ व्यापार संघले आज विराटनगरमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रचण्डले बिचार र सिद्धान्तको राजनैतिक गर्दा जनताले नपत्याउने भएकाले विकासकै राजनैतिक गर्नुपर्नेमा जोड दिए ।

उनले निजीक्षेत्रमा नयाँ संभावना र चुनौती उत्तिनै रहेकाले राजनितिक दलहरु अब विकास केन्द्रीत राजैनिक आवश्यक रहेको बताए ।

प्रधानमन्त्री दाहालले मोरङ, सुनसरीमा रहेको उद्योगहरुको विकासको लागि सरकार प्रतिवबद्धा रहेको बताए । उनले निजी क्षेत्रसँग मिलेर मुलुकको विकास गर्न आफनो चाहना र इच्छा रहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले रिाटनगरको रानी देखी पाँचथर सम्मको किमाथाका सडक, मध्य पहाडी लोकमार्ग निमार्णको कामले चाँडै गति लिने बताए

उनले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न गर्न तिव्र गतिमा अगाडी बढाउने जानकारी दिए । किमाथांका नाकासम्म कोशी राजमार्ग निमार्ण भएमा देशकै अर्थतन्त्रमा प्रभाव पार्ने भएकोले आफनो ध्यान त्यसतर्फ भएको प्रधानमन्त्री प्रचण्डले बताए ।

     संविधान संशोसधन अन्तिम चरणमा
प्रधानमन्त्री प्रचण्डले मुख्य दलहरुसँग छलफलभइरहेको हुनाले संविधान संसोधनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मोरङले आज विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै प्रचण्डले संविधान संसोधनका लागी मुख्य दलहरु विच छलफल भइरहेकाले यहि कार्तिक महिना भित्र संविधान संसोधन प्रक्रिया अगाडी बढने बताए ।

नेकपा माओवादी केन्द्रको अध्यक्ष समेत रहेका प्रचण्डले संविधान लाइ सर्व स्वईकार्य बनाउन हिमाल, तराई सवै जातीको भावनालाइ सम्वोधन हुनेगरी संविधान ससोधन हुने उनको भनाई थियो ।

उनले दोश्रो पटक प्रधानमन्त्री हुदा तिन वुदे सहमती गरेर आदीवासी जनजाती, मधेशी लगायत पछाडी परेको समुदायको मागलाई सम्वोधन गर्ने प्रतिवद्धता जनाएको उल्लेखगर्दै त्यही अनुरुप आफु अगाडी वढि रहेको बताए ।

प्रधानमन्त्री दाहालले अहिलेको प्रमुख चुनौती भनेको संविधान कार्यान्वय भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए । संविधान कार्यान्वयका लागी निर्वाचन आवश्यक रहेकाले राज्य पुर्नसंरचना आयोगको प्रतिवेदन आउने वितिकै सरकार निर्वाचनका मिति घोषणागर्ने प्रधानमन्त्री प्रचण्डले बताए ।

असन्तुष्ट पंक्षको मागलाई हद सम्म सम्वोधन हुने गरी संविधान संसोधन हुने र त्यसपछी निर्वाचनको वातावरण वन्ने बताए । उनले हिमाल पहाड तराई मधेशको जनतालाई एकतावद्ध गरेर निर्वाचनमा लैजानु हामी सवैको लागी महत्वपुर्ण कार्य रहेको बताए ।

संविधान कार्यान्वयनका निम्ति मधेश पहाड हिमाललाई जोडेर लैजानु आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाई थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.