प्रथम टंक वहादुर आले स्मृती वडा नकआउटको उपाधी वडा नं. ५ लाई

खबर पुर्वान्चल, ३० पुष २०७४, आईतवार

गोपाल काफ्ले
पथरी, ३० पुस /प्रथम टंकबहादुर आले मगर स्मृती कप वडास्थरीय नक आउट फुटवल प्रतियोगितामा वडा नं. ५ विजयी भएको छ ।

खेल १४ औं मिनेटमा वडा नं. ५ का गणेश कार्कीले गोलको खाता खोल्दै अग्रता लिएका थिए भने दोस्रो हाफको १६ औ मिनेट वडा नं. ९ का भुवन लिम्बुले गोल गर्दै खेल बराबरीमा पुर्याए । दोस्रो हाफको २१ औ मिनेटमा वडा नं. ५ का गणेश कार्कीले थप गोल गर्दै अग्रता दिलाए पनि वडा नं. ९ का भुवन लिम्बुले २४ औ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै खेल बराबरी बनाए ।

निर्धारित समयमा दुवै टिमले थप गोल गनै नसके पछि खेल पेनाल्टी सुट आउटमा धकेलेको थियो । पेनाल्टी सुट आउटमा पनी खेलको निर्णय नभए पछी सडन डेथमा वडा नं. ५ ले ५ का बिरुद्ध ६ गोल गर्दै पराजित गर्दै उपाधि चुम्यो । उपाधिसँगै वडा नं. ५ ले नगद ५० हजार ट्रफी तथा प्रमाण पत्र र उपविजेताले २५ नगद हजार ट्रफी प्रमाण पत्र प्राप्त गरेको छ ।

खेलको म्यान अफ द फाइनल भुवन सुब्बा उदयमान खेलाडी सुबत खपाङगी उत्कृष्ट डिफ्रेन्स एमिल श्रेष्ठ उत्कृष्ट मिडफिल्डर सौगात राई उत्कृष्ट फर्वाड सुबत मगर, हाई स्कोर गणेश कार्की र उत्कृष्ट गोल किपर कपिल भट्टराई घोषित भए । विजेता तथा उपविजेता दुबैलाई लेटाङ नगरपालिका मेयर शंकर राईले पुरस्कार प्रदान गरे ।

लाफा क्लवले आयोजनामा पौष २३ गते देखि सुरु भएकोे खेलमा क्याप्छाकी आले मगर परिवारको प्रायोजन गरेको थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.