RUMPUM
animated ellipse animated ellipse

प्रतिभाकी धनि गायिका सुमि चाम्लिङ्ग राई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ कार्तिक २०७३, मंगलवार १५:०४
3
Shares

अनिल श्रेष्ठ
प्रतिभाकी धनी गायिका सुमी चाम्लिङ राई सानैदेखी संगीतप्रति रुची भएको कारणले २०६१ सालदेखी संगीत क्षेत्रमा लागि परेकी हुन ।

लोकभाका आधरीत गीतबाट आफ्नो साँगीतिक यात्रामा पाइला टेकेकी सुमिको पहिलो गीतनै स्रोता माज निकै लोकप्रिय बन्न पुग्यो । खोटाङ्ग दिक्तेल रतन्छामा जन्मिएी गायिका राईले पहिलो गीतनै आफु जन्मेको ठाउँलाई चिनाउने उद्देश्यले गीत गाईन । जुन गीत दर्शकको ढुकढुकीमा बस्न सफल भयो ।

२०६४ सालमा ‘दिक्तेल बजार’ लोक भाकामा आधरित गीति एल्वम बजारमा ल्याइन । जुन एल्वम भित्र समावेश गरेको ‘खोटाङ्ग जिल्ला दिक्तेल बजार’ गीत हिट भयो । तर, त्यस गीतका गायकमात्र अगाडी बढे ।

गायिका राई ओझेलमा पर्दा पनि उनले कहिलै संघर्षबाट टाडा गइन । परिवारबाट समेत साथ सहयोग पाएकी सुमिले दोस्रो गीत ‘जबसम्म … बोलको गीत बजार आउनेसाथ स्रोताको रोजाइन प¥र्यो । स्रोताको ढुकढुकीमा बस्न सफल जसबसम्म गीतले गायिका सुमिलाई ‘इलेम एवार्ड’ को भागिदार बनायो । त्यसपछि स्रोतामाज चम्किएकी सुमि अहिले स्रोता माज लोक प्रिय बन्दै गएकि छिन् ।

सबै प्रकारको गीत गाउने प्रतिभाकी धनि गायिका सुमिले हालै आफ्नो नयाँ गीतको म्यूजिक भडियो बजारमा ल्याएकी छिन् ।
गायिका सुमिले टिपिकल पुर्वेली लोक भाकामा आधारीत गीत ‘लसमा लस नि लै लै’ बोलको गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी हुन ।

जुन गीतको म्यूजिक भिडियो अहिले युटुबमा दर्शक स्रोताले अत्याधिक रुपमा रुचाएको देखिन्छ । गायिका राईकी अनुसार सार्वजानिक गरिएको एक सातामा एक लाख बढी दर्शक, स्रोताले भिडियो हरेको बताइन ।

यस गीतले दर्शक तथा श्रोताको मन जित्ने गायिका राईले दाबी गरेकि छिन् । जसरी पुर्वेली लोकगीत ‘दिक्तेल बजार’ श्रोताले रुचाएका थिए, त्यस्तै, यो गीत पनि स्रोताले रुचाउनेमा सुमि ढुक्क छिन् ।

डिपी खनालको शब्द र राजनराज सिवाकोटीको संगीत रहेको यस गीतको भिडियोलाई युगल पोमो लिम्बूले निर्देशन गरेका हुन् । यस भिडियोमा चर्चित नृत्यकार तथा मोडल पार्बती राई र ह्यारी योञ्जनले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर