पाँच दिनलाई स्कूल बन्द

खबर पूर्वाञ्चल, २४ पुष २०७४, सोमबार ०७:५७

विराटनगर,२४पुस । चिसो बढेपछि जिल्ला शिक्षा कार्यालय मोरङले विद्यालय विदा गरेको छ ।

केही दिनयता बढेको चिसोका कारण बालवालिकालाई स्कुल आउन असहज भएको भन्दै जिल्ला शिक्षा कार्यालयले पाँच दिनकालागि विद्यालय बन्द गरेको हो ।

जिल्ला शिक्षा समिति मोरङको बैठकबसी विद्यालय बन्द गर्ने भएको हो । शिक्षा नियमावली २०६९ को संसोधन सहित भएको व्यावस्था अनुसार हिउँदे र बर्खे बिदाबाट कटौती हुनेगरी आइतवार देखि पाँचदिनसम्म विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले सुचना प्रकाशित गरी जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.