पत्रकार आचारसंहिता पालना गराउने विषयमा काउन्सीलले गम्भीर रुपमा सक्रिय

खबर पूर्वाञ्चल, २७ कार्तिक २०७३, शनिबार १८:०६

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर,२७ कार्तिक /नेपाल प्रेस काउन्सीलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकार आचारसंहिता पालना गराउने विषयमा काउन्सीलले गम्भीर रुपमा सक्रिय भएको बताएका छन् ।

आज विराटनगरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सीलका अध्यक्ष कार्कीले पछिल्लो समयमा सञ्चारमाध्यमबाट पत्रकारिताको मूलमर्ममाथि नै असर पुग्ने खालका क्रियाकलाप हुन थालेकाले काउन्सीलले परिमार्जित आचारसंहिता लागू गराउन अझ सक्रियता देखाएको बताएका हुन् ।

उनले पत्रकारलाई जिम्मेवार र उत्तरदायी बनाउन आवश्यक रहेकोमा पनि जोड दिए ।
कार्यक्रममा पत्रकार आचारसंहिता बारे कार्यपत्र प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्टले पत्रकार स्वयम्ले असल चरित्र अपनाएर व्यवसायिक धर्म निभाउनुपर्नेमा जोड दिए । नेपाल प्रेस काउन्सील र नेपाल पत्रकार महासंघ मोरङको आयोजनामा भएको कार्यक्रममा मोरङका विभिन्न संचार माध्यममा आवद्ध पत्रकारहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.