RUMPUM
animated ellipse animated ellipse

पत्रकारको सहकारीले ग¥यो ४८ लाख कारोबार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७४, बिहीबार १८:०१
3
Shares
विराटनगर, २७ पुस/ मोरङभरका पत्रकारहरू सम्मिलित संचारकर्मी संचार सहकारी संस्थाले आर्थिक वर्ष २०७३/०७४ मा ४८ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

९ लाख १५ हजार कूल शेयर पूँजी रहेको सहकारी ६ वर्ष अगाडि स्थापना भएको थियो । पत्रकारका लागि संचारसामाग्री खरिद गर्न तथा साना तिना व्यवहार धान्न सहज होस् भन्ने उद्देश्यले स्थापना गरिएको सहकारी झण्डै आधा करोड कारोबार गर्ने क्षमतामा पुगेको छ । ९४ जना शेयर सदस्य रहेको सहकारीले ३६ लाख ८१ हजार रुपैयाँ ऋण लगानी समेत गरेको छ । पत्रकारका परिवार, पत्रपत्रिका तथा संचारमाध्याममा आवद्ध संचारकर्मी सदस्य रहन पाउने गरि मोरङ कार्यक्षेत्र रहेको सहकारीले छोटै समयमा उल्लेखनिय प्रगति गरेको संस्थाका अध्यक्ष मोहन भण्डारीले बताए ।

मासिक ५ सय रुपैयाँ बचत गर्ने गरेका पत्रकारहरुले हालसम्म १६ लाख ५३ हजार रुपैयाँ जम्मा गरिसकेका छन् । यसका साथै पत्रकारहरुको प्रोत्साहनका लागि भन्दै सहकारीले, ३० हजार रुपैयाँ राशीको ओम प्रकाश गोयल पत्रकारिता पुरस्कार, २१ हजार राशीको मेम्बर चन्द्रलाल–दुर्गादेवी संचार श्रमजीवि पुरस्कार र १० हजार १ रुपैयाँ राशीको मिना श्रेष्ठ परिश्रमी पत्रकार महिला प्रोत्साह पुरस्कार स्थापना समेत गरेको छ ।

संस्थाले आगामि वर्षमा भने संस्थाको कूल शेयर पूँजीमा वृद्धि गरी २० लाख नघाउने लक्ष्य लिएको छ । १० हजार रुपैयाँको शेयर पूँजीलाई बढाउँदै संस्थाले अब २५ हजारसम्मको शेयर खरिद गर्न पाउने निर्णय पनि गरेको छ । संस्थाले आज नेपाल पत्रकार महासंघको हलमा आफ्नो छैठौं वार्षिक साधरणसभा सम्पन्न गरेको छ ।

प्रमुख अतिथि जिल्ला समनय समिति मोरङका संयोजक नरेश पोखरेलले नेपालमा सहकारी आन्दोलनले आम जनमानसमा सेवानै गरेकोछ, र यसले आवश्यक्तालाई पुरा गर्ने वा सापटी जस्तो आर्थिक कारोवारलाई पनि यसैको माध्यमबाट सहज गर्न सजिलो हुने बताए ।
नेपाल पत्रकार महासंघका पुर्व सभापति शिवबहादुर कार्की, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेले बोलेका थिए ।

कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । सहकारीको असल ऋणीअनुजलाल कर्ण र असल उत्कृष्ट बचतकर्ता शान्ति दाहाललाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर