नाचको फाईनलमा नृत्य र गायन बिच प्रतिष्पर्धा हुदै

खबर पुर्वान्चल, २९ पुष २०७४, शनिबार

बिरेन्द्रकुमार साह
बिराटनगर, २९ पुस । पछिल्लो समय देशब्यापी तथा स्थानिय स्तरमा गायन, नृत्य तथा सौन्दर्य बिधामा रहेर निकै रियालिटी शो हुने गरेको छ । यसै क्रममा साईमन्स फिल्म एण्ड ईन्टरटेन्मेन्ट मुम्बई र राजवंशी सास्कृति संरक्षण बिकाश मञ्चको सयुक्त आयोजनामा भईरहेको पुर्वाञ्चलव्यापी नाच को फाइनल माघ १४ गते हुने भएको छ ।

पुर्वाञ्चलमा पहिलो पटक सबै भाषालाई प्राथमिकता दिदै ओझेल परेका प्रतिभालाई बाहिर ल्याउने उदेश्य सहित कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक साइमन राजवंशीले बताए । साईमनले निकै लामो समय सम्म भारतमा बसि बलिउडका गीतहरुमा कोरियोग्राफी गरेसकेका छन् ।

मोरङस्थित कर्सियामा भब्य र सभ्य ढंगले हुने फाईनलमा झापा र मोरङ जिल्लामा २ चरणको अडिसनबाट नृत्य तर्फ १२ जना प्रतियोगि र गायन तर्फ १३ जना प्रतियोगि छनौट भएका छन् ।

प्रतियोगिताको निर्णायकको भुमिकामा गायनतर्फ सास्त्रीय संगीतका कुशेश्वर राई,लोकप्रिय एवम राजवंशी भाषाका गायक बलबहादुर राजवंशी , गीतकार गोपाल राजवंशी रहेका छन् भने नृत्य तर्फ साईमन राजवंशी र मनोज राजवंशी निर्णायकको रुपमा रहेका छन् ।

नाच र गयनमा प्रतिभालाई सम्मान गर्दै प्रतियोगिहरुबाट चर्को शुल्क नउठाईएको आयोजकले बताएका छन् । बिजेताले मुम्बईमा प्रशिक्षण लिन पाउने छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.