RUMPUM
animated ellipse animated ellipse

दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७३, बुधबार ०९:४६
3
Shares

खोटाङ, कात्तिक ३/वर्षा लागेसँगै अवरुद्ध दिक्तेल–जयरामघाट सडक छ महिनापछि सञ्चालनमा आएको छ। वर्षातको पानीले खाल्डाखुल्डी पार्नुका साथै हिलाम्मे भएर अवरुद्ध बनेको सडक मर्मतपछि सञ्चालनमा ल्याइएको हो।

गत जेठ दोस्रो हप्तादेखि अवरुद्ध सडक जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, स–शस्त्र प्रहरी र यातायात व्यवसायीले मर्मत गरेपछि सञ्चालनमा ल्याइएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए। सचिव हिङ्माङका अनुसार अवरुद्ध सडक सञ्चालनमा आएसँगै दिक्तेलबाट जयरामघाटसम्म सिधा यातायातसमेत सुरु भएको छ।

जयरामघाटदेखि दिक्तेलको मुडेसम्म मात्र आंशिक रुपमा यातायात सञ्चालन हुँदै आएकोमा जयरामघाटसम्म सिधा यातायात सेवा सुरु भएपछि यात्रुलाई समेत सहज भएको छ। दिक्तेल–जयरामघाट सिधा यातायात सुरु भएपछि दिक्तेलदेखि मुडेसम्म करिब दुई घन्टा हिँडेर बस चढ्नुपर्ने समस्या हटेको छ।

मध्यपहाडी लोकमार्गमा पर्ने दिक्तेल–जयरामघाट सडक सञ्चालनमा आएपछि दिक्तेलबाट दैनिक पाँचवटा बस सन्चालन गर्न थालिएको यातायात व्यवसायीले जनाएको छ। दसैँ मानेर सहर फर्कने यात्रुको चाप बढी भएकाले थप बस सञ्चालन गर्ने तयारीसमेत गरिएको सचिव हिङ्माङले जानकारी दिए।

कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडक हरेक वर्ष वर्षातको समयमा अवरुद्ध हुने गरेको छ। करिब छ महिना मात्र सञ्चालन हुँदै आएको उक्त सडक ठेकेदार कम्पनीको ढिलासुस्तीले समयमा कालोपत्र हुन सकेको छैन।

जिल्लाका अन्य सडक अझै अवरुद्ध छन्। तराईका जिल्ला जोड्ने दिक्तेल–गाईघाट सडक अवरुद्ध हुँदा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर