दर्शकलाई तिहार उपहारः ‘नाई नभन्नु ल ४’ ईन्टरनेटमा रिलिज(  हेर्नुहोस पुरा फिल्मः)

खबर पूर्वाञ्चल, १५ कार्तिक २०७३, सोमबार ०७:१४
बर्ष २०७२ को सफल फिल्म ‘नाई नभन्नु ल ४’ आईतबारबाट ईन्टरनेटमा रिलिज भएको छ । निर्देशक तथा निर्माता विकासराज आचार्य तथा पटकथा लेखक सामिप्यराज तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा फिल्मको लिङ्क सेयर गर्दै ‘तिहारको शुभकामना लेखेका छन् ।
हिट सिरिज ‘नाई नभन्नु ल’को चौथो सिक्वेललाई दर्शकले राम्रो साथ दिएका थिए भने यसमा समावेश गीत संगीतले पनि राम्रै लोकप्रियता कमाएको थियो । जुन फिल्मबाट हिट मोडल पल शाहले डेब्यू गरे तथा डेब्यू अभिनेता तर्फ भिन्ना भिन्नै अवार्ड समारोहमा ट्रफी उचाले ।
यहि फिल्मबाट मोडल द्वय आँचल शर्मा र बर्षा राउतले पनि नेपाली रजतपटमा डेब्यू गरेका हुन् । फिल्ममा उल्लेखित तीन अनुहारसँगै प्रियंका कार्की, अनुभव रेग्मी, सरोज खनाल लगायत अभिनयमा छन् भने बसन्त सापकोटाको संगीत समावेश छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.