RUMPUM
animated ellipse animated ellipse

तिहारमा विराटनगरको बजार गुलजार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ कार्तिक २०७३, आईतवार २०:१७
3
Shares
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर/ विराटनगरको बजारमा तिहारका लागि चाहिने समाग्रीहरुको किनमेल गर्नेहरुको भीड लागेको छ ।
jhiliबजारमा खासगरी तिहारमा दाजुभाइलाई दिने भाइमसला, फलफूल, टीका लगायतका समान किन्नेहरुको भीड बढेको छ । यस्तै तिहार र छठ पर्वमा अत्यधिक बिक्री हुने पाला, माटाका भाडाकुँडा र बासका सामग्रीका सामान किन्नेहरुको पनि उत्तिकै भीड छ ।

व्यापारीहरुले फुटपाथ भरी सामान राखेर बेच्ने गरेकाले हिंडडुल गर्न समस्या भएको छ । फुटपाथ व्यापारीहरुले बाटो नै छेक्ने गरी सामान राख्दा दुर्घटनाको जोखिम बढेको छ । फुटपाथ व्यापारीहरुले सर्वसाधारणलाई आवात–जावतमा समेत समस्या हुनेगरी बाटोमा नै सामान राखेर बेच्दा पनि सम्बन्धीत निकाय भने मौन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर