तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु बोलको भिडियो सार्वजनीक

खबर पुर्वान्चल, १४ कार्तिक २०७३, आईतवार

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु“ बोलको गीतको भिडियो युट्युववाट सार्वजनिक भएको छ ।

राजवंशी भाषामा छुट्टै पहिचान बनाउन सफल गायक बलबहादुर राजवंशीको स्वरमा रहेको यो गीत उनैले बजारमा ल्याएका हुन् । शशि शर्मा मजगैयाको शव्दमा रहेको गीतलाई हरी लम्सालले संगीत गरेका छन् ।

गीतको भिडियोमा चर्चित अभिनेत्री शिल्पा पोखरेल र मोडेल जीवन भट्टराईले अभिनय गरेका छन् । अर्जुन अधिकारीले यस गीतको भिडियोलाई निर्देशन गरेका छन् । गायक राजबंशिले यस अघि पनि राजबंशी भाषाका दुईदर्जन बढी गितमा स्वर दिएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.