RUMPUM
animated ellipse animated ellipse

जिल्ला सहकारीको बार्षिक साधारणसभा सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ पुष २०७४, बिहीबार २०:५६
3
Shares
विराटनगर, २७ पुस / जिल्ला सहकारी संघ लि. मोरङ्गको २५ औं बार्षिक साधारणसभा आज विराटनगरमा सम्पन्न भएको छ ।

साधारणसभाको उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासंघका सञ्चालक एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले सहकारीको माध्यमवाट अब ब्यवसायिक्तामा जानु पर्ने कुरामा जोड दिए । उनले भरखरै जारी भएको सहकारी ऐन २०७४ ले लगानीको क्षेत्र बिस्तार गरेको र ब्यवसायीक क्षेत्रमा सहकारी संघ÷संस्थाहरु जानका लागि मार्ग प्रसस्त गरेकाले अब सहकारी मिलेर उर्जा, उद्योग, पर्यटन, कृषि आदि क्षेत्रमा ब्यवसायीक रुपले अगाडी बढनु पर्छ, भने ।

कार्यक्रमा बोल्दै संघका अध्यक्ष डिल्ली पोखरेलले मोरङ्ग जिल्लामा १ हजार ९९ वटा सहकारी संघ/संस्था मार्फत २४ अरब भन्दा बढीको कारोवार हुने गरेको बताउदै रोजगार बृद्धि क्षेत्रमा यो पूँजीलाई परिचालित गर्ने योजना रहेको कुरा बताए । उनले आगामी ३ बर्ष भित्रमा सहकारी मार्फत २० हजार ब्याक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने गरी जिल्लामा पूँजी परिचालित गर्नुपर्ने आवश्यक्ता रहेको कुरा बताए ।

कार्यक्रममा केन्द्रीय तरकारी तथा फलफुल सहकारी संघका उपाध्यक्ष मुक्ति बराल, डिभिजन सहकारी कार्यालय मोरङ्गका प्रमुख गोपीप्रसाद घिमिरे, संघका सल्लाहकार एवम् कानेपोखरी गाँउपालिकाका अध्यक्ष ताराबहादुर काफ्ले, बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, संघका सल्लाहकार रामचन्द्र गौत्तम, बरिष्ठ उपाध्यक्ष बिजयकुमार माझीलगायतले बालेका थिए ।
साधारणसभाको बन्द सत्रले सञ्चालक समितिकातर्फवाट अध्यक्ष डिल्ली पोखरेल र लेखा समितिका संयोजक लक्ष्मीप्रसाद सापकोटाद्धारा प्रस्तुत प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर