जब ‘सेक्सी पोज’ देउन भन्दै भूवनले पूजालाई ताने

खबर पूर्वाञ्चल, ८ कार्तिक २०७३, सोमबार १२:०७

नायक भूवन केसी महिलाको मामालामा उदार छन् । उनको नाम थुप्रै नायिकादेखि चलचित्र क्षेत्र बाहिरका महिलासँग जोडिनु नयाँ कुरा होइन । भूवन गसिप बजारमा रमाउन चाहने नायक पनि हुन् ।puja-and-buwan-3-616x1024

‘बदनाम हुनु तर गुमनाम नहुनु’ भन्ने सिद्धान्त भूवनको छ । चलचित्र ‘अझै पनि’को इन्ड क्ल्याप पार्टीमा नायक भूवन केसी र नायिका पूजा शर्माको दोस्ती गहिरो देखिएको थियो । पूजाकै कारण आफू आएको भन्दै भूवनले उनलाई फुर्काएका थिए ।

आइतबार काठमाण्डौको याक एन्ड यती होटलमा आयोजना भएको एक कार्यक्रममा पनि भूवनले पूजालाई यसरी नै फुर्काए र तस्बिर खिचाए ।
चलचित्र ‘प्रेमगीत’ चलेपछि उत्साहित भएकी पूजा अहिले हरेक कुरामा सचेत हुँदैछिन् । पहिरनमा त पूजा झनै सजग छिन् । केही मिडियाको लागि तस्बिर खिचाइरहेकी पूजालाई जब भूवनले देखे, उनको नजिक आए । पूजा र भूवनलाई एकसाथ राखेर मिडियाले तस्बिर खिचिरहेका थिए ।
भूवन पनि के कम । पूजालाई अझ नजिक तान्दै भने-‘सेक्सी पोज देउन ।’ भूवनले सेक्सी पोज देउन भनेपछि पूजा अझ खुलिन् र चकलेटी नायकसँग तस्बिर खिचाइन् । के यो तस्बिरमा, भूवनले भनेजस्तै उनी र पूजाको सेक्सी पोज देखियो त ? अनलाइनखबर

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.