एम्स कलेजमा ट्यालन्टे शो

खबर पुर्वान्चल, २६ पुष २०७४, बुधबार

विराटनगर, २६ पुस / विराटनगरमा रहेको एम्स कलेजले आयोजना गरेको तेस्रो संस्करणको मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिताको प्रतियागिहरुले आ– आफ्नो ट्यालन्टे प्रस्तुत गरेका छन् ।

कलेज परिसरमा आज भएको ट्यालन्टे शो मा प्रतियोगिहरुले आफ्नो रोजाइ अनुसारको प्रतिभा प्रस्तुत गरेका हुन् ।

सेमिफाइनलमा पुगेका ११ जना छात्र र १९ जना छात्राहरुले प्रतिभा प्रस्तुत गरेको कलेज प्रमुख सि.एम. बस्नेतले जानकारी दिए ।

प्रतियोगिहरुले गीत, नृत्य, वक्तृत्वकला, चित्रकलाहरु प्रस्तुत गरेका थिए । ट्यालेन्ट राउण्टको निर्णायकहरुमा कलेजका कोर्डिनेटर उर्मिला श्रेष्ठ, नृत्य निर्देशक संगम राउत र अमर मगर रहेका थिए ।

विद्यार्थीहरुमा भएको प्रतिभा खोजी गर्ने उद्देश्यले एम्स कलेजले बिगत तीन वर्षदेखि यस्तो प्रतियोगिहरु आयोजना गर्दै आएको कलेज प्रमुख बस्नेतले बताए । उनका अनुसार प्रतियोगिताको फाइनलमा १० जना छात्र र १० जना छात्रा छनौट गरिनेछ । प्रतियोगिताको बिजेता हुने विद्यार्थीहरुले आकर्षण ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.