RUMPUM
animated ellipse animated ellipse

एक दिवसीय सिरिज भारतको कब्जामा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ कार्तिक २०७३, शनिबार २०:४९
3
Shares

भारतले न्युजिल्याण्ड बिरुद्धको पाँचौ तथा निर्णायक एक दिवसीय क्रिकेटमा १ सय ९० को फराकिलो रनले विजयी भएको छ । योसंग भारतले ५ खेलको सिरिजे ३–२ ले जितेको छ ।

लेगस्पिनर अमित मिश्रा एक्लैले ५ विकेट लिएपछि २ सय ७० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड २४ ओभरमा मात्र ७९ रनमा समेटिए पछि खेल भारतको पक्षमा गएको थियो । न्युजिल्याण्ड कप्तान केन विलियम्सले बनाएको २७ रन न्युजिल्याण्डको सर्वा्धिक ठुलो स्कोर रह्यो । न्युजिल्याण्डका ५ ब्याटसम्यान शुन्य रनमा पवोलियन फर्किदा ७ जना खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेन्न । टम लाथम र रोस टेलरले समान १९ रन जोडेका थिए ।

न्युजिल्याण्डले अन्तिम १६ रन जोड्न आठ विकेट गुमाएको थियोे । यसअघि, विसाखापटनममा टस जितेर ब्याटिङ गरेको इन्डियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन बनाएको थियो । भारतका रोहित शर्माले ७० रन तथा विराट कोहलीले ६५ रनको बनाएका थिए ।

कप्तान महेन्द्रसिंह धोनी ४१ रन, केदार जावेद ३९ रनमा अविजित, अक्सर पटेल २४ रनमा अविजित र आजिक्या रहाने २० रनमा जोडेका थिए । यसअघि भएको तीन खेलको टेष्ट सिरिज भारतले क्लिन सिप गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर