अब रंगशालामै गएर साउदी अरबका महिलाले फुटबल हेर्न पाउने

खबर पुर्वान्चल, २९ पुष २०७४, शनिबार

साउदी अरब, २९ पुस / अब रंगशालामै गएर साउदी अरबका महिलाले फुटबल हेर्न पाउने भएका छन् ।

साउदी अरबका महिलाले पहिलो पटक शुक्रबार फुटबल रंगशालामै पुगेर फुटबलको मज्जा लिएका छन् । यो सँगै साउदी महिलाले नयाँ इतिहास बनाएका छन् ।

साउदी अरबमा भएको प्रतियोगीतामा साउदी अरबका महिलाहहरु पहिलो पटक सहभागी जनाएर नयाँ इतिहास रचेका हुन् । यसअघि साउदी अरबमा रंगशालामा गएर फुटबल प्रतियोगिता हेर्न वा खेल्न महिलाहरुलाई प्रतिबन्ध गरिएको थियो ।
अव आफ्ना परिवारजनसँग फुटबल प्रयोगीता हेर्न वा र प्रयोगीतामा सहभागी हुन पनि सरकारले खुल्ला गरेको हो ।

हालै मात्र साउदी अरबको सरकारले किङ्ग अब्दुल्लाह स्पोटर्स सिटी रंगशालामा गएर खेल हेर्न महिलाहरुलाई पनि खुल्ला गरेको हो । रंगशालामा महिला दर्शकहरुका लागि छुट्टा छुट्टै प्रवेशद्वार, शौचालय, पार्किङस्थललगायतको व्यवस्था गरिएको छ । प्रतियोगितामा खाडी राष्ट्रका महिलाहरुले नयाँ स्वतन्त्रताको पहिलो पटक फाईदा उठाएका छन् । एजेन्सी

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.